आइतबार, असार ६ २०७८
काठमाडौं ०७:२६
वासिङटन डिसी 21:41

राष्ट्रपति बाइडेन र उप राष्ट्रपति ह्यारिसको आम्दानी कर विवरण सार्वजनिक

इनेप्लिज २०७८ जेठ ३ गते २३:४८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेन र उप राष्ट्रपति कमला ह्यारिसले आ-आफ्नो दम्पत्तिको आम्दानी कर विवरण सार्वजनिक गरेका छन् । राष्ट्रपति बाइडेनले प्रथम महिला सहित कर विवरण सयुक्त रुपमा सार्वजनिक गरेका छन् । अमेरिकामा कर दाखिला गर्ने वार्षिक दिन अप्रिल १५ भएता पनि यस पटक महामारीको कारण मे १७ अन्तिम समय तोकिएको थियो ।

आज सोमवार मे १७ कै दिन व्हाइट हाउसले राष्ट्रपति र उप राष्ट्रपतिको कर दाखिला सार्वजनिक गरेको हो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बेवास्ता गरेको राष्ट्रपति परम्परालाई पुनर्स्थापना गर्दै व्हाइट हाउसले दुबै राष्ट्रपति जो बाइडेन र उप राष्ट्रपति कमला ह्यारिस दुबैका लागि २०२० कर विवरण जारी गरेको छ।

ट्रम्प मात्रै यस्ता राष्ट्रपति हुन् उनले कहिले आफ्नो आम्दानी कर सार्वजनिक गरेनन । उनि आफ्नो आम्दानी कर सार्वजनिक नगर्ने राष्ट्रपति हुन् । व्हाइट हाउसले जारी गरेको राष्ट्रपति बाइडेनको कूल आम्दानी ६ लाख ७ हजार ३ सय ३६ देखाएको छ भने उनले संघीय कर १ लाख ५७ हजार ४ सय १४ डलर तिर्नु परेको छ । १०४० नामक फारामका अनुसार उनले १ लाख ६२ हजार ६३ डलर तिरे भने दम्पत्तिले कूल ४ हजर ६ सय ४९ डलर पुन :प्राप्त गरे ।

बाइडेनलाई संघिय कर दर २५.९ प्रतिसत लगाईएको छ ।

यसै गरि उपराष्ट्रपति ह्यारिस र उनका पतिको कुल समायोजित कुल आम्दानी १६ लाख ९५ हजार २ सय २५ देखाएका छन । उनीहरूले कूल ६ लाख २१ हजार ८ सय ९३ संघीय आयकर भुक्तानी गरे । उनीहरुलाई संघीय कर ३६.७ प्रतिसत लगाईएको ह्वाइट हाउसबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया