आइतबार, असार ६ २०७८
काठमाडौं ०६:३४
वासिङटन डिसी 20:49

अमेरिकाको राजधानी डिसीमा गोली चल्दा १ को मृत्यु ,३ मध्ये दुई महिला घाइते

इनेप्लिज २०७८ जेठ ३ गते ११:१९ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा गोली चल्दा १ को मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । गत शनिबार उक्त घटना भएको भएको हो भने गोली लागेका दुई महिला र एक पुरुषको अवस्था/स्वास्थ्य खतरा नरहेको प्रहरीले जनाएका छन् ।

डिसीको उत्तरपूर्वमा भएको उक्त घटनामा २८ बर्षिय मानिसको ज्यान गएको छ । प्रहरीका अनुसार उनि डिसी कै दक्षिण पूर्वका हुन् । उक्त घटना शनिवार साँझ ४ :५५ मा डिसीको ३९०० भवन समूहको मीनेसोटा एभेन्यु(मार्ग)मा भएको थियो ।

जव प्रहरीहरु त्यहाँ पुगे त्यस समयमा एक पुरुष र दुई महिलाहरु घाइते अवस्थामा फेला परेका थिए । ३ जना घाइतेहरुलाई अस्पताल लागिएको थियो बहने एक जनाको निधन भएको घोषणा त्यही गरिएको थियो ।

अर्को चौथो मानिसलाई पनि गोली लागेको प्रहरीले जनाएका छन् भने उनलाई उपचार गरिएको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया