आइतबार, असार ६ २०७८
काठमाडौं ०७:२४
वासिङटन डिसी 21:39

नर्थ क्यारोलाइनाको चार्लोट्समा नेपाली क्रिकेट टोलीको क्रिकेट लिग सुरु

इनेप्लिज २०७८ जेठ २ गते १८:३८ मा प्रकाशित

नर्थ क्यारोलाइनाको चार्लोट्समा नेपाली क्रिकेट टोलीको क्रिकेट लिग सुरु भएको छ । नेपालीज क्रिकेट ग्रुप अफ चार्लोट्स(एनसिजिसि)को आयोजनामा एनसिजिसि टि-२० प्रतियोगिता गत मे १५ देखि सुरु भएको हो ।

उक्त प्रतियोगितामा घरेलु क्रिकेट टोली अरनिको क्रिकेट टिम (समूह)र बुद्ध क्रिकेट टिम (टोली)ले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिता मे १५ ,२२ र मे २९ सम्म चल्ने छ । गत मे १५ को खेल सम्पन्न भएको छ भने उक्त प्रतियोगितामा अरनिको विजयी भएको छ । अरनिकोले टस सिक्का उफारेर जिते पछि फिल्डिंग (मैदान) रोजेका थिए ।

बुद्ध क्रिकेट टोली ले १९.२ ओभरमा ११८ रन बनाएको थियो । बुद्धका तर्फ बाट सौरव ढुंगानाले ३३ बलमा ३५ रङ बनाएका थिए । त्यस्तै गरि दिनेश दाहालले २० रन ,प्रवेश बस्नेतले १८ रन र जीवन खड्काले १३ रन बनाएका थिए ।

बलिङ्ग तर्फ अरनिकोबाट सुमन अधिकारीले ३ विकेट ,प्रज्ञान थापा र अर्पण गिरिले २/२ विकेट ,जीवन भट्टराई र पराक्रम थापाले १ विकेट लिएका थिए ।

११९ को लक्ष्य पछ्याउदै अरनिको टोलीबाट प्रवेश श्रेष्ठले ३८ बल मा ५४ रन बनाएका थिए । उनले ७ चौका हानेका थिए र उनि आउट भएनन् । त्यस्तै गरि प्रज्ञान थापाले ३० रन ,जीवन भट्टराईले १२ रन ,सन्तोष लामिछानेले ७ रन बनाएका थिए ।

बलिङ्ग तर्फ बुद्ध का सुधन भण्डारीले २ विकेट लिएका थिए । सौरव ढुंगाना ,दिनेश दाहाल ,श्रीराम चौलागाई र प्रवेश बस्नेतले १ विकेट लिएका थिए ।

टोली अरनिको ले १९.२ ओभर खेल्दै ६ विकेट गुमाएर ११९ को लक्ष्य सहजै ल्याउन सफल भयो ।

उक्त प्रतियोगितामा सर्वोकृष्ट खेलाडी अरनिको टिम (टोली)का प्रवेश श्रेष्ठ भएका थिए ।

एनसिजिसि टि-२० क्रिकेट लिगको अर्को खेल मे २२ मा चार्लोट्समा हुने जानकारी इनेप्लिजलाई विजय ढुंगेलले बताए ।

प्रतिक्रिया