आइतबार, असार ६ २०७८
काठमाडौं ०५:३१
वासिङटन डिसी 19:46

फिप्ना सांस्कृतिक विभागले वरिष्ठ गायक स्व. प्रेमध्वज प्रधानलाई सम्झे

इनेप्लिज २०७८ जेठ २ गते १७:५७ मा प्रकाशित

वरिष्ठ गायक स्व. प्रेमध्वज प्रधानको १३ औं पुण्य थितिका दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाको सांस्कृतिक विभागले श्रद्धान्जली सभाको आयोजना गरेको छ । सयौ काल जयी गीतहरू गाएका राष्ट्रका एक उच्च सम्मानित श्रष्ठालाई अमेरीकामा रहेका नेपालीहरूले उहाँको चिर शान्तिको कामना गर्दै श्रदा सुमन व्यक्त गरे ।

मे १५ का दिन आयोजित कार्यक्रममा प्रमूख अथिती फिप्ना अमेरीकाका अध्यक्ष लोक चेम्जोङले नेपाली गीत संगीतमा अतुलनीय योगदान पुर्याएका वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई बाजुन्जेल राज्यले कुनै पनि सम्मान नगरेकोमा नेपाल सरकारको आलोचना गरे ।सरकारको विभेदपूर्ण कामका कारण उहालाई कुनै पनि मान पदविहरू राज्यले वितरण गरेनन् यो दुखत पक्ष हो । नेपाली कला , संगितको विकास र प्रबर्धन गर्नमा उहाँको उल्लेख योगदान रहेको छ ।

वि.सं.१९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्न ध्वज प्रधान र आमा प्राण देवी प्रधानको कोखबाट जन्मिएका उनको घरमा साङ्गितिक माहोल थियो। उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तर ध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्दथे। उनको घरमा दिनहुँजस्तो साङ्गीतिक कार्यक्रमहरू भइ रहन्थ्यो। यसैको प्रभावले विस्तारै उनी पनि सङ्गीत प्रति रूची राख्न थाले। आफ्नो समयका निक्कै चर्चित र स्टाईलिस गायक प्रधानका गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने गरिन्छ ।

घुम्तीमा नआउ है , तिमीलाई अचेल कहाँ देखुँ, गोरेटो यो गाउँको, पर लैजाउ फूलहरू लगायत उनका कालजयी गीतहरू हुन ।

फिप्नाको सांस्कृतिक विभागका प्रमूख गोमा योन्जनको अध्यक्षतामा सम्पन्न श्रदान्जली सभाको संचालन सांस्कृतिक विभागका सदस्य सचिव तथा कियाचु अमेरीकाका अध्यक्ष सुमन थाम्सुहाङले गर्नुभएको थियो भने विभिन्न संघ/संस्थाका उल्लेख उपस्थितमा कार्यक्रमको अन्त्यमा प्रेमध्वज प्रधानका गितहरू गाएर उनलाई सम्झेका थिए ।

प्रतिक्रिया