आइतबार, असार ६ २०७८
काठमाडौं ०६:०२
वासिङटन डिसी 20:17

न्यूयोर्कको भूमिगत मार्गमा ५ जना माथि सांघातिक हमला,४ जना सदिग्ध पक्राउ

इनेप्लिज २०७८ जेठ १ गते २२:३५ मा प्रकाशित

न्यू योर्क राज्यको भूमिगत मार्ग(सव-वे)मा ५ जना मानिसहरु माथि सांघातिक हमला भएको छ । यसै सिलसिलामा ४ जना सदिग्धहरुलाई पक्राउ गरिएको छ । उक्त हमला फरक फरक समयमा घटेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

गत शुक्रबार मे १४ का दिन बिहान एक घण्टा भित्र उक्त घटना घटेको थियो ।

न्यूयोर्क प्रहरीहरूले उक्त घटनामा संलग्न भएका संदिग्धहरु १७ देखि १९ वर्षका रहेका जनाएका छन् ।

उनीहरूलाई छुरा प्रहार ,मुडकी प्रहार र कुटेको आरोप लगाइएको छ । उनीहरूको हमलाबाट घाइते हुनेहरूमा एक ४४ वर्षीय मानिसलाई मुखमा काटेको कारण उनलाई बेलेभू अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार उनको अवस्था स्थिर रहेको छ उक्त घटना बिहान ४:२५ मिनेटमा घटेको थियो भनि एबिसी न्यूजले समाचार प्रकाशित गरेको छ ।

त्यस्तै गरि अर्का ४४ बर्षिय मानिसलाई लुटपाट कै क्रममा टाउकोको पछाडी काटिएकोले उनलाई लेनोक्स हेल्थप्लेक्समा लगिएको छ । अन्य चारै जनाको अवस्था गम्भीर नरहेको प्रहरीले बताएका छन् ।

न्यूयोर्क शहर प्रहरी विभागका आयुक्तका अनुसार एक संदिग्ध अझ पनि फरार नै रहेको उनले जानकारी दिएका छन् । प्रहरीका अनुसार आक्रमण र हमला रेल मै भएको जनाएका छन् । प्रहरीले कुनै समूह नै यसमा संलग्न त् छैन भनि शंका व्यक्त गरेका छन् ।

उक्त घटनाको कारण कुनै क्षेत्रमा आवतजावत गर्ने रेल सेवा पनि प्रभावित भएको थियो ।

प्रतिक्रिया