आइतबार, असार ६ २०७८
काठमाडौं ०५:५६
वासिङटन डिसी 20:11

एनआरएनए अमेरीका द्वारा नेपाली भाषा र नैतिक शिक्षाको पाठ्यक्रम निर्माण

इनेप्लिज २०७८ जेठ १ गते २१:३१ मा प्रकाशित

प्रवासमा रहेका नेपाली मूलका बालबालीकाहरुलाई नेपाली भाषा,संस्कृती,कला, साहित्य एवम् भौगोलिक र ऐतिहासिक ज्ञान शीपहरु उपलव्ध गराउने साझा दायित्वको लागि एनआरएनए अमेरिकाले नेपाली भाषा र नेपाली नैतिक ज्ञानमा आधारित पाठ्यक्रमको ढाँचा तयार गरेको छ।

नेपाली पाठशाला समितिको ठूलो मेहनत पछि पहिलो पटक तयार गरिएका यि पाठ्यक्रमका खाकाहरुले प्रवासमा रहेका नेपाली पाठशालाहरुलाई के कस्ता पाठ्यसामग्री छनौट गर्ने र कसरी पढाउने भन्ने बारेमा एक सहयोगी सामग्रीको रुपमा एनआरएनए,आमेरिकाले लिएको छ।

पूर्वीय दर्शन र नेपाली विशिष्टतालाई प्रवासमा हुर्की रहेका कलिला मन संग नेपाललाई जोड्न बिगत देखि खड्किएको आवश्यकता परिपूर्ति गर्न एनआरएनए अमेरिकाको यस कदमबाट अवस्य पनि सहयोग पुग्ने देखिन्छ।

हाललाई नेपाली भाषा र नेपाली नैतिक ज्ञान दर्शनको आधारभूत र मध्यम तहको पाठ्यक्रमको खाका तयार भै प्रकाशन गरिएकोछ। यस पाठ्यक्रमको ढाँचाले नेपाली भाषा र नैतिक शिक्षाका विषयगत सिकाई उपलब्धिका साथै एक देखि एकतिस हप्तासम्म के कस्ता पाठ्यवस्तु छनौट गरि शिक्षण गर्ने भन्ने बारेमा शिक्षक तथा अभिभावकलाई निर्दिष्ट गर्न खोजेको छ भने दुई घण्टाको नमूना प्रशिक्षण योजनाले नेपाली भाषा,कला,संस्कृति,ईतिहास आदि के कसरी छनौट गरी प्रशिक्षण गर्ने भन्ने बारेमा खाका प्रस्तुत गरेको छ।

जसलाई एनआरएनए,अमेरिकाको वेवसाईटको होम पेजको प्रोजेक्ट अन्तर्गत २०२० मा प्रकाशित ट्यावमा गएर तपाईहरुले नि:शुल्क रुपमा पढ्न र डाउनलोड गर्न सक्नु हुनेछ।

साथै एनआरएनए,अमेरिकाले यी सामग्रीहरुको उपयोगवाट प्रवासमा रहेका नेपाली पाठशालाहरुको विकासमा सहयोग पुग्न विश्वास लिईएको छ ।

https://www.nrnusa.org/published_book_2020/

 

प्रतिक्रिया