इजरायलले गाजा शरणार्थी शिविरमा बम प्रहार गर्दा संचार माध्यम अल जजिरा र एपीको कार्यालयहरु ध्वस्त

इनेप्लिज २०७८ जेठ १ गते १९:४६ मा प्रकाशित

इजरायलले गाजा शरणार्थी शिविर स्थित एक घरमा बम प्रहार गर्दा अल जजिरा र एसोसिएट प्रेस संचार माध्यमका कार्यालयहरु पनि ध्वस्त भएका छन् । जहाँ एउटा परिवार रमजानको अन्तिम उत्सव मनाउन भेला भएका थिए ।

हमासले शनिबार तेल अभिवमा क्षेप्यास्त्र हमला गरे पछि उक्त हमला इजरायलले गरेको हो । शनिबार दिउँसो इजरायली हवाई हमलाको चपेटामा अलजजिरा र एसोसिएटेड प्रेसका कार्यालयहरू पनि परेको सिएनएनले समाचार लेखेको छ ।

प्यालेस्टाइन क्षेत्रहरूमा द्वन्द्वको सबैभन्दा रक्तपातपूर्ण यस बर्ष यस हप्ता भएको छ । इजरायलले रातभरि गाजामा बढी हवाई हमला गरेको छ भने शनिबार हमासले क्षेप्यास्त्रको हमला गर्यो । इजरायली हवाई हमलाले एक हप्ता भन्दा पनि कम समयमा १३० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ ।

कम्तिमा १ हजार भन्दा ज्यादा अन्य घाइते भएका छन । हमासले शनिबार तेल अभिवमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको छ । इजरायलको आपतकालिन सेवाका अनुसार तेल अभिव उपनगरको रमत गन भनिने एक आवासीय क्षेत्रमारकेटले प्रहार गर्दा ५० बर्षिय वृद्धको शनिबार बिहान मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया