आइतबार, असार ६ २०७८
काठमाडौं ०६:४३
वासिङटन डिसी 20:58

बाल्टिमोरमा नेपाली बिधार्थी सहित ३ जनाको हत्या गर्ने मृतक ब्राउनले प्रहरीलाई २४ घण्टामा १२० पटक दूरभाष

इनेप्लिज २०७८ जेठ १ गते १३:३२ मा प्रकाशित

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत शनिबार बिहान भएको गोलीकाण्डमा ३ जनालाई हानी स्वयम् गोली हान्ने मृतक एभर्टन ब्राउनले २४ घण्टामा कम्तिमा  १२० पटक प्रहरीलाई दूरभाष (फोन )गरेका थिए ।

बाल्टिमोरबाट संचालित अङ्किय पत्रिका बाल्टिमोर सन पत्रिकाले उक्त कुरा लेखेको छ ।

उनले चलाएको गोली बाट २५ बर्षिय नेपाली बिधार्थी सागर घिमिरेको निधन भएको थियो । उनले ९११ का कर्मचारीलाई १ सय २० पटक निरन्तर घन्टी दिएका थिए । त्यति सम्म की उनले ९११ का काम गर्ने प्रहरीलाई समेत धम्की दिने गर्थे भनि डब्लुटिओपीले समाचारमा उल्लेख गरेको छ ।

गोलीकाण्ड बाल्टिमोर कै उप नगर क्षेत्र वुडलन भन्ने स्थानमा बिहानै करिव ६:३० मा भएको थियो ।

बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डका अनुसार उनीहरुलाई घरमा आगजनी र गोलीवारी भएको घटना बारेमा जानकारी गराए पछि घटनास्थलमा ६:४० बिहान पुगेका थिए ।

प्रहरीहरु त्यहाँ पुग्दा गोली चलाउने बन्दुकधारी ५६ बर्षिय एभर्टन गोली चलाई रहेकोले प्रहरीको गोलीबाट उनको निधन भएको थियो

ब्राउन उटपट्याङ्ग,आक्रामक ,अराजक र अशान्त भएको छिमेकीले प्रहरीहरुलाई गुनासो समेत गरेका थिए ।

प्रतिक्रिया