‘राज्य समयमै गंभीर नभएका कारण अक्सिजनको हाहाकार’

इनेप्लिज २०७८ जेठ १ गते १३:०३ मा प्रकाशित

काठमाडौ । बरिष्ठ मुटुरोग बिशेषज्ञ डा अनिल भटराईले कोरोना महामारी प्रति गभीर रुपमा सचेत रहन बिशेष आग्रह गर्नुभएको छ ।
शिक्षण अस्पताल मनमोहन सेण्टरका बरिष्ठ चिकित्सक भटराईले समयमै राज्य गभीर नभएको कारण प्राणबायुको रुपमा रहेको अक्सिजनको अभाब बताउनुभएको छ ।
रोटरी क्लब अफ काठमाडौ डाउनटाउनको शनिबार भएको बैठकमा डा भटराईले नयां भेरियण्ट सहितको कोरोना महामारीले नेपाललाई पनि गभीर असर पर्ने अनुमान गरिएको थियो तर राज्यले त्यो अनुसार भुमिका निर्बाह गर्न नसकेको बताउनुभएको छ ।
उहाले अक्सिजनको अभाबले बिरामीहरुले उपचार पाउन नसकेको सन्दर्भमा राज्य र निजी अस्पतालहरुले चाहने हो भने अस्पतालहरुमै अक्सिजन प्लाण्टको ब्यबस्था हुन सक्ने स्पष्ट पार्नुभएको छ ।
सेभ द हर्ट नेपालका अध्यक्ष समेत रहनुभएका डा भटराईले सक्रमितको संख्या कम हुदै जान सक्छ तर पहिले देखि सक्रमित भएका बिरामीको संख्या निकै भएकोले उनीहरुको अबस्थाले गर्दा मृत्युदर अझै केही समय बढ्ने संकेत गर्नुभएको छ ।
अहिले सम्म १० हजार मुटु रोगहरुको अप्रेशन गरिसक्नुभएका चिकित्सा क्षेत्रका प्रतिष्ठित डा भट्राईले नेपाल यति खेर कोरोना सक्रमणको महामारीले निकै आक्रान्त छ भन्दै अति जरुरी काम बिना कोही पनि बाहिर निस्कन नहुने कुरामा जोड दिनुभएको छ ।
क्लबका अध्यक्ष श्याम पराजुलीको अध्यक्षतामा भएको बैठकमा बरिष्ठ मुटुरोग बिशेषज्ञ भटराईले मुटु रोगीहरुलाई सक्रमण भएमा सामान्यलाई भन्दा १० प्रतिशत बढी जोखिम हुने गरेको जानकारी गराउदै सतर्क रहन आग्रह गर्नुभएको छ । उहाले अहिले सम्म बिश्वमा १६ करोड प्रभावित भएको र ३३ लाखले ज्यान गुमाइसकेको भन्दै यो कोर्षले कुन रुप लिन्छ भन्ने कुरा भन्न नसकिने उल्लेख गर्नुभएको छ ।
डा भटराईले अहिलेको स्थितिमा मादक पदार्थ र चुरोट पटक्कै खान नहुने भन्दै मादक पदार्थ र चुरोट खानेलाई सक्रमण भएमा त्यसले पनि अफ्ट्यारो पार्ने जानकारी गराउनुभएको छ ।
कोरोना महामारीको बहानामा निजी अस्पतालहरुले मनपरि शुल्क लिएको सन्दर्भमा डा भटराईले सरकारले भेण्टिलेटर , आइसियु र अन्य बेडका लागि कति सम्म शुल्क लिन लिने भन्ने कुरा राज्यले निर्धारण गरिदिएको भए त्यो गुनासो आउने थिएन भन्नुभएको छ ।
निजी अस्पतालहरुले अहिलेको संकटका बेला नागरिकहरुलाई सहयोग गर्नुको साटो बेड चार्जमा मनपरि गरिरहेका छन । अन्य समयको तुलनामा पछिल्लो महामारी पछि बेड चार्जमा तेब्बर बढी शुल्क लिदै आएका छन । अझ आफुलाई ठुला अस्पताल भन्नेहरुले त केही दिन मात्र अस्पतालमा बिरामी बसेर घर फर्किदा लाखौ बुझाउनुपर्ने बाध्यता छ । किन शुल्क बढाइएको भन्ने प्रश्नमा संचालकहरु अस्पतालमा बेड पाउनु ठुलो कुरा हो भन्छन ।

प्रतिक्रिया