आइतबार, असार ६ २०७८
काठमाडौं ०६:३६
वासिङटन डिसी 20:51

कोलोराडोमा ट्रम्प बिजयी हुन् भनि किर्ते गरि पत्नीको मतपत्र ठगी गर्ने एक व्यक्तिलाई पत्नीको हत्याको आरोपमा पक्राउ

इनेप्लिज २०७८ जेठ १ गते ११:५२ मा प्रकाशित

अमेरिकाको कोलोराडोमा गत बर्ष सम्पन्न चुनावमा डोनाल्ड ट्रम्प बिजयी हुन् भनि किर्ते गरि पत्नीको मतपत्रमा ठगि खसाल्ने एक व्यक्तिलाई पत्नीको हत्याको आरोपमा पक्राउ गरिएको छ ।

उनलाई मतदाता मतपत्रको ठगीमा आरोप लगाइएको छ । ब्यारी ली मोर्फे नामक उक्त व्यक्तिलाई गत हप्ता हत्या ,शारीरिक प्रमाणको हेरफेर र उनकी पत्नी सुजान मोर्फेको मृत्युको सम्बन्धमा सार्वजनिक कर्मचारीलाई प्रभाव पार्ने आरोप लगाइएको छ ।

गत बिहीबार चाफी काउन्टी कोलोराडोमा दायर गरिएको गिरफ्तारी पक्राउ पुर्जीका अनुसार ब्यारी मोर्फेले हुलाकी मतपत्रमा जालसाजी र अपराधको गरेको आरोप लगाईएको उक्त कागजातले देखाउदछ भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।

एफिडेभीड (शपथ पत्र) र चाफी काउन्टीका अधिकारीले दिएको जानकारी अनुसार अक्टोबर २२, २०२० मा मतदाता मतपत्रमा ठगी भएको शंका र उनकी पत्नी सुजान रेनी रेनी मोर्पेज हराई रहेको बताएका थिए ।

मतपत्रमा मतदाता हस्ताक्षर नभएको र यसमा साक्षीका लागि तोकिएको हस्ताक्षर खण्डमा ब्यारी ली मोर्फेको हस्ताक्षर पाइएको थियो । एफबीआई जासुसहरूले गत अप्रिल २२, २०२१ मा ब्यारी मोर्फे संग लिएको अन्तर्वार्तामा उनी ट्रम्पलाई पुनः चुनाव जितेको हेर्न चाहन्थे ।

कोलोराडोको एघारौं न्यायिक जिल्ला अदालतको कागजात अनुसार यस आरोपको लागि उनलाई जमानत १,००० डलर राखिएको छ । उनलाई पत्नीको बेपत्ता सम्बन्धी आरोपको सम्बन्धमा बिना धरौटी उनलाई चाफी काउन्टी कारागारमा राखिएको अधिकारीहरूले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मोर्फेको हत्याको आरोपमा सल्लाह सुनुवाईका लागि गत बिहीबार अदालतमा उनि उपस्थित भएका थिए । र उनलाई एक सार्वजनिक अपराधी तोकि दिएको छ ।

मोर्फे आगामी मे २७ का दिन फेरि अदालतमा जानु पर्ने छ।

प्रतिक्रिया