काठमाण्डौं।गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया ‘ गीतको भिडियो सार्वजनिक भएको छ।प्रेम र रोमान्सलाई गीतमा समावेश गरिएको छ।
प्रेम र समपर्णलाई समेटिएको कारणले आम दर्शक तथा स्रोताको मनमा गीत बस्न सफल हुनेमा आशावादी रहेको गीतका प्रस्तुत कर्ता मनोज कार्कीले बताए। गोविन्द कुईकेलको शब्द तथा डिवि लामाको सगीत गीतमा छ।
संकल्प भुजेलको छायाँकन,तेकेन्द्र शाहको सम्पादन तथा सजन कटेलको निर्देशन भिडियोमा रहेको छ।प्रेम र रोदनको भावमा उषा उप्रेती र डिमन क्षेत्रीको अभिनय भिडियोमा देख्न सकिन्छ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
प्रतिक्रिया