आइतबार, असार ६ २०७८
काठमाडौं ०६:३४
वासिङटन डिसी 20:49

एनआरएनको चुनाव खर्चमा ‘हे नारायण’ !

अनिल पाण्डे २०७८ वैशाख ३१ गते २२:०४ मा प्रकाशित

गैरआवासीय नेपाली संघको नयाँ कार्य समितिका लागि निर्वाचन हुँदैछ । पदाधिकारी र सदस्य गरी एक सय ३७ भन्दा बढीको भीड गैरआवासीय नेपालीको कार्य समितिमा आउने छ । एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई सचिव, ६ क्षेत्रीय संयोजक, १० उपक्षेत्रीय संयोजक, ६–६ महिला तथा युवा संयोजकलगायत पचासौं जिम्मेवारीका लागि निर्वाचन हुनगइरहेको छ । निर्वाचनमा छनोट हुन हजारौं एनआरएनहरु प्रचार–प्रसारमा लागेका छन् । सामाजिक सञ्जाल रंगाउने काम भइरहेको छ भने कुनै कुनै ठाउँ–ठाउँमा भोज–भतेर पनि चलेका छन् ।

संघको विधान, २००३ (संशोधन २०१७) अनुसार नेपालको विकास र प्रवद्र्धनमा टेवा पु¥याउन, विश्वका विभिन्न मुलुकमा बसोवास गर्ने गैरआवासीय नेपालीहरुको हितको पक्षपोषण गर्न संगठित रुपले अघि बढ्नका लागि गैरआवासीय नेपाली संघ गठन भएको हो । नेपाली मूलको व्यक्ति जो कम्तीमा दुई वर्ष विदेशमा बसोवास गर्दैआएको छ, ऊ सघंको सदस्य बन्नसक्छ । तर, दक्षिण एशियाली मुलुक जो सार्कमा आवद्ध छन्, उनीहरुलाई भने गैरआवासीय नेपाली संघले मान्यता दिएको छैन ।

‘सार्क मुलुकबाहेक’ भन्ने प्रावधान विधानमा ठाउँ–ठाउँमा उल्लेख भएको पाइन्छ ।नेपाली मूलको व्यक्ति जो विदेशी मुलुकको नागरिकता लिएर बसेको छ, उसले त यस संघको सदस्यता पाउँछ नै, विदेशी नियोगमा काम गर्न गएका कर्मचारी, पढ्न गएका विद्यार्थी र जागिर खान बाहिरिएका नेपाली सबैले दुई वर्ष नेपालबाहिर बसेको प्रमाणसहित निवेदन दिएमा यसको सदस्य हुनपाउँछन् । विदेशी मुलुकमा नेपाली भाषा, संस्कृति र सभ्यताको विकास गर्ने, नेपालको समृद्धिका लागि विदेशी लगानी मुलुकमा भित्र्याउनेजस्ता उद्देश्य लिएर गठन भएको यो संस्था विभिन्न कारणले नेपालभित्र र बाहिर चर्चित पनि छ ।
खासगरी, नेपालमा दैवी विपत्ती पर्दा संघ र संघमा आवद्ध सदस्यहरुले नेपालका नागरिकलाई ठूलो सहयोग गरेका छन् ।

पछिल्लो समय, २०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पपछि संघले ठाउँ–ठाउँमा आवास खडा गरेर नेपालीलाई सघाएको छ । महाभूकम्पको केन्द्रविन्दु रहेको जिल्ला गोरखाको लाप्राकमा सिंगै वस्ती तयार पारेर पीडितलाई लालपुर्जासहित हस्तान्तरण गरेको घटना प्रशंसनीय छ ।

धार्चे गाउंपलिकाका लाभग्राहीहरुलाई एक समाहरोहका बीच हस्तान्तरण गर्दा स्थानीय नागरिकहरुमा देखिएको खुशीले एकैसाथ संघको आवश्यकता उजागर गरेको थियो । २०७३ साल बैशाख १२ गते नेपाल सरकार सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघवीच त्रिपक्षीय सम्झौता सम्पन्न भई नमूना बस्तीको निर्माण कार्य सुरु भएको थियो । गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउंँपालिका वडा नम्बर ४ मा संघको प्रत्यक्ष सक्रियतामा ५ सय ७३ वटा निजी आवास निर्माण भएका छन् ।

संघले हाल कोभिड– १९ को महामारीको चपेटामा परेका नेपालीलाई पनि सघाएको छ । दुई करोड रुपियाँ मूल्यबराबरको अक्सिजन उपकरण सहयोग गर्ने निर्णय गरेको छ । संघले अक्सिजनको हाहाकार बढेको र त्यसको अभावमा भकाभक नेपाली मर्न थालेको समाचार प्रकाशित हुनासाथ आकस्मिक बैठक बसी कोरोना बिरामीका लागि १ सय वटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय ग¥यो । नेपालमा तत्काल अक्सिजन सिलिन्डर लगायतको समस्यासँग जुध्ने अभियानमा ऐक्यवद्धताका साथ अघिबढ्ने निर्णय संघले ग¥यो ।

यसैबीच, गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव पशुपति पाण्डेले एनआरएनए अमेरिकाको सकृयतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिनुभएको छ । त्यस्तै, गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङ्गले बेलायत सरकारलाई खोप उपलब्ध गराइदिन आग्रह गरिएको जानकारी दिनुभएको छ । नेपाली दूतावास लण्डनको सहकार्यमा नेपालमा खोप पठाउन बेलायत सरकारलाई आग्रह भइरहेको छ र क्यालिफोर्निया को non profit motherland nepal ले पनी नेपालमा खोप कसरी पठाउन सकिन्छ भनेर लोकल मेयर अनि सिटी काउंसिलहरु सँग़ परामर्श गरी रहेको जानकारीमा आएको छ ।

यसरी हेर्दा एनआरएनका गतिविधिहरु नेपाल र नेपालीको हितमा देखिन्छन् । संघ अझै व्यवस्थित हुने हो र विदेशमा रहेकामध्ये आधा उधि नेपालीलाई मात्र समेट्ने हो भनेपनि ४०–५० लाख नेपालीलाई मातृभूमिमा योगदानका लािग भूमिका खेल्न लगाउन सकिन्छ । तर, समाजसेवालाई लक्ष्य बनाएको यस संघमा निर्वाचनका लागि जसरी खर्च गरेर अध्यक्ष लगायतका पदाधिकारी हुने प्रयास भएको छ, त्यसले विकृति जन्माउँछ कि भन्ने डर लाग्छ ।

खासगरी, संघको अध्यक्ष हुनु निकै खर्चिलो देखिएको छ । जस्तो, अमेरिकाकै कुरा गरौं, क्यालिफोर्निया राज्यमा आएर अध्यक्षका उम्मेदवारले चुनाव प्रचार गर्दा पाँच हजार डलर त अवश्य सकेहोलान् । खानपिन र भोजभतेर अनि आउने–जाने खर्च हेर्दा १० वटा स्टेटमा जाँदा ५० हजार डलरले पनि पुग्लाजस्तो लाग्दैन । एनआरएनको निर्वाचनले उम्मेदवारलाई ‘हे नारायण’ भनेर टाउको समाउने अवस्थामा नपु¥याउला भन्नसकिन्न ।

अहिले, अध्यक्षका तीन उम्मेदवारले प्रतिस्पद्र्धामै समय सक्ती अनि ऽऽ मैं खर्च गरिरहेका छन् । जित्ने आखिर एक जनाले हो । जित्नेले त कम्तीमा नाउँ पाउला भनौं, शक्तिका स्रोतसम्म उसको पहुँच बढ्छ भनेर सन्तोष मानौंला, पराजित हुनेहरुको त सबै गयो । त्यसैले, यस प्रकारको खर्च गरेर निर्वाचनमा लड्नुभन्दा यसका लागि छुट्याएको ५० हजार खर्च गर्नेहो भने नेपालमा राम्रै समाजसेवा हुन्छ, नेपालीको हित हुन्छ र नाम पनि रहन्छ । नेपाली राजदूतावासबाट ५५० डलर तिरेर एनआरएनको परिचयपत्र बनाएपछि नेपाल जान भिसा लाग्दैन, जग्गा, घरजस्ता सम्पत्ति आफ्नै नाममा नेपालमै राख्न पाइन्छ ।

मात्रृभूमिको कल्याण पनि गरिने, आफ्नो पनि हित हुने, पक्तिकारलाई यो बाटो चाहिं बढी सुरक्षित लागेको छ है !

बेलैमा चेतना भया ,
बाक़ी आफ़नो मर्ज़ी ,,

प्रतिक्रिया