आइतबार, असार ६ २०७८
काठमाडौं ०६:३२
वासिङटन डिसी 20:47

सुदृढ चाप्टर र सक्षम नेतृत्वका लागि मेरो उम्मेद्वारी: डोरेन्द्र अधिकारी

इनेप्लिज २०७८ वैशाख ३१ गते २१:४५ मा प्रकाशित

नेपालको जस्तै हावापानी, नौकरी तथा ब्यबसायको प्रशस्त आबसर तथा घर-जग्गाहरु पनि धेरै ठाउँको तुलनामा सुलभ मूल्यमा पाइने भएकोले North Carolina पछिल्लो समयमा आकर्षक गन्तब्य बनेको छ।

बिशेष गरेर Raleigh, Morrisville, Cary (जसलाई Research Triangle Park पनि भनिन्छ) , Greensboro, High Point, र Charlotte Metro क्षेत्रमाँ नेपालीहरु बाक्लो बसाई छ भने अन्य ठाउँबाट बसाई सर्ने क्रम पनि अत्यंत तिब्र छ। अहिले NRNA NCC को चुनावी चहलपल पनि North Carolina माँ पहिलेको भन्दा बढेको छ। नेपाली जनसंख्याको तुलनामाँ सदस्य संख्या कम भए पनि North Carolina Chapter भने अन्य धेरै राज्यहरुमाँ जस्तो सर्बसम्मत भने हुन सकेन। अमेरिकामाँ अहिले भईरहेको NRNA-NCC को निर्वाचन पश्चात जम्मा २९ Chapter हुनेछन, २२ वटा राज्यमाँ सर्बसम्मत Chapter President बनेका छन भने जम्मा ७ वटा राज्यमाँ Chapter President को निर्वाचन हुदै छ। North Carolina को सन्दर्भमाँ भने सदस्यहरु बिच निर्वाचनका लागि एक पटक पनि सार्बजनिक रुपमा छलफल नभएको र केहि ब्यक्तिहरुले आबस्यक नै छलफल नगरी पुरै टीम घोषणा गरेकाले त्यस्तो परम्परा तोड्नु पर्ने सोंचका साथ NRNA North Carolina Chapter लाई नयाँ ऊचाईमाँ पुराउन आफुले उम्मेद्वारी दिएको बताउनु हुन्छ डोरेन्द्र अधिकारी।

नेपालको अर्घाखाँची र कपिलवस्तुमाँ निवासी अधिकारी आफु नेपाल रहदा नेपाल बिद्यार्थी संघ कपिलवस्तु-काठमाण्डौको संस्थापक उपाद्यक्ष, शंकर देव क्याम्पसको स्वाबीयू सदस्य, शंकरदेव क्याम्पस तथा बिभिन्न निजी क्याम्पसहरुमा करीब ६ बर्ष लेक्चररको रुपमा काम गरेको, आंशिक प्राध्यापक संघको केन्द्रीय सदस्य, कपिलवस्तु समाज लगायत अन्य सामाजिक संस्थाहरुमा कार्यकारी पदमाँ रही काम गरेको र NRNA माँ सन २०१५ देखि निरन्तर बिभिन्न Task Forces हरुमा काम गरेको अनुभव भएकोले North Carolina बासीहरुको रोजाईमाँ यहाँको Chapter President हुने कुरामाँ ढुक्क भएको कुरा बताउनु हुन्छ।

University Of Akron, OH बाट Mastersको अध्यन पुरा गरी IT क्षेत्रमाँ कार्यरत भएको र २०१५-२०१७ माँ NRNA-NCC को IT Task Force माँ, २०१७-२०१९ माँ NRNA-ICC को IT Task Force, २०१९-२०२१ कार्यकालमा Membership Drive को सदस्य Cultural Exchange and Internship Program Task Force को Co-Chair तथा NRNA-ICC को Smart NRNA Task Force को सदस्य भएर काम गरेको लामो अनुभव संगालनु भएको छ।

North Carolina माँ बर्तमान कार्यसमितिले स्थानीय संघ संस्थाहरुसंग संयोजन गर्न नसकेको र यति ठूलो महामारीमाँ समेत आफ्नो खासै आफ्नो राम्रो उपस्थिति जनाउन नसकेको, दुई बर्षको कार्यकालमाँ केहि पनि कार्यक्रम प्रस्तुत गर्न नसकेको र सदस्यहरु संग अन्तरक्रिया शून्य रहेकोले NRNA को स्थानीय Chapter लाई आमूल परिवर्तन गर्दै यस्लाई शसक्त बनाउन एउटा सबल र सक्षम नेतृत्व हुनु पर्ने बताउछन।

आफुले Chapter हरुलाई बढ़ी अधिकार दिन NCC संग काम गर्ने, State बाट पाउने बिभिन्न सुबिधाको पहिचान गरी नेपाली समुदायसंग ती सूचनाहरु पुराउने, स्थानीय नेपाली संघ-संथाहरुसंग सहकार्य गर्दै NRNA Chapter लाई संयोजक संस्थाको रुपमा बिकास गर्ने, नेपाली समुदाय र NRNA सदस्यहरु संग समय समय माँ अंतरक्रिया गर्दै उहाँ हरुको सुझाव अनुसार नयाँ नयाँ कार्य योजना ल्याउने र NRNA-NCC ले दिएका कार्यहरु सशक्त र सफल बनाउने अठोटका साथ आफ्नो उम्मेद्वारी दिएको बताउनु हुन्छ।

यसरी नयाँ सोचाइ सहित आएकोले सम्पूर्ण North Carolina बासीहरुलाई आफ्नो अमूल्य मत दिई मलाई काम गर्ने अबसर दिनु हुन आग्रह गर्नु भएको छ।

प्रतिक्रिया