राष्ट्रपति समक्ष पुनः नियुक्त प्रधानमन्त्री ओलीले शपथ लिनुभो ,नेपाल पक्ष र जसपा ठाकुर पक्ष सरकारमा सहभागी भएन

टंक पन्त २०७८ वैशाख ३१ गते १०:०२ मा प्रकाशित

काठमाडौ ।राष्ट्रपति बिधादेबी भण्डारीले सबिधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज शुक्रबार अपरान्ह राष्ट्रपति कार्यालयमा आयोजित बिशेष समारोहकाबीच शपथ ग्रहण गराउनुभएको छ ।

राष्ट्रपति भण्डारीले बुहमतको सरकारका लागि कसैले पनि दाबी पेश नगरेपछि संसदमा सबै भन्दा ठुलो दल नेकपा एमाले संसद्धीय दलका नेता केपी शर्मा ओलीलाई नै बिहीबार राति प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

पाटी अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेका बरिष्ठ नेता माधब नेपालबीच भएको बार्ता सहमति नजिक पुगेको कारण नेपाली काग्रेस , माओबादी र जसपाको उपेन्द्र यादब , डा बाबुराम भटराई पक्षले बहुमत पुरयाउन नसकेपछि सबिधानको धारा ७६ को उपधारा ३ अनुसार अल्पमतको सरकार बनेको हो ।

दुइ नेताबीच सहमति नजिक पुगेपनि बरिष्ठ नेता नेपाल पक्ष सरकारमा सहभागी भएन । प्रधानमन्त्री ओलीले नेपाल पक्षलाई सरकारमा सहभागी हुन भने पनि जब सम्म लिखित सहमतिको टुगो लाग्दैन तब सम्म सरकारमा सहभागी नहुने जानकारी बरिष्ठ नेता नेपालले बिहीबार नै गराउनुभएको थियो । त्यस्तै जसपाको महन्त ठाकुर पक्ष पनि सरकारमा सहभागी भएन ।

पार्टीकै नेपाल पक्ष र जसपाको ठाकुर पक्ष सरकारमा सहभागी नभएपछि प्रधानमन्त्री ओलीले यस अघिकै सबै मन्त्री र राज्यमन्त्रीहरुलाई नै सरकारमा सहभागी गराउनुभएको छ । नबनियुक्त मन्त्री राज्यमन्त्रीले पनि शुक्रबार नै शपथ ग्रहण गरेका छन । बजेट निर्माणको समय भएको र सोही अनुसार तयारी भएको कारण पनि हाललाई पुरानै मन्त्री राज्यमन्त्रीहरुलाई पहिलेकै मन्त्रालयको जिम्मेबार सहित नियुक्त गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ ।

सबिधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्त अल्पमतको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिना भित्र संसदबाट बिश्वासको मत लिनुपर्ने हुन्छ ।

बरिष्ठ नेता नेपाल पक्षले सोही कारण एक महिना भित्र सम्पुर्ण सहमति हुनुपर्ने स्पष्ट पारेको छ । एक महिना भित्र बिश्वासको मत लिन सबिधानको धारा ७६ को उपधारा ५ अनुसार अर्को सरकार बनाउने गरी आह्वान हुने छ ।

सो अनुसार बहुमतको सरकार बन्न नसके स्वत मुलुक मध्यावधि चुनाबमा जाने छ ।

प्रतिक्रिया