काठमाडौं, २९ बैशाख।जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले आफ्नो पार्टीले बहुमतको आधारमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको जनाएका छन्।आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन्।
उनले पार्टीभित्र छलफल भएर नै निर्णय गरिएको सुनाए।पार्टीमा आएर महन्थ ठाकुर र राजेन्द्र महतोले कुरा नराखेको तर व्यक्तिगत रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ गएको उनको आरोप छ । उनले पार्टीमा बहुमतले गरिएको निर्णय सबैले मान्नुपर्ने बताए।
उनले पार्टी प्रणालीमा हिँड्ने विश्वास दिलाए।आफूहरुसँग १७ जना सांसद रहेको भन्दै बहुमतले गरेको निर्णय सबैले मानेर जानुपर्ने यादवको भनाई छ।हेरौं यादवसँगको कुराकानी:
-रिपोर्टर्स नेपाल बाट
प्रतिक्रिया