आइतबार, असार ६ २०७८
काठमाडौं ०५:२८
वासिङटन डिसी 19:43

कोलोराडोको जन्म दिन समारोहमा निम्तो नपाएको आक्रोशमा ६ जनाको गोली हानी हत्या गरेको खुलासा : प्रहरी प्रमुख भिन्स निस्की

इनेप्लिज २०७८ वैशाख २९ गते १२:४५ मा प्रकाशित

गत मे ९ का आइतवारका बिहान कोलोराडो स्प्रिन्ग्समा जन्म दिन समारोहमा हर्सौल्लास साथ जन्मदिन मनाई रहेको अवस्था गोली चलाई ६ जनाको हत्या गर्नेलाई निम्तो नपाएको झोक र आक्रोशमा गोलीकाण्ड गरेको प्रहरी प्रमुख भिन्स निस्कीले बताएका छन ।

६ जनाको हत्या गरे पछि २८ बर्षिय टेडोरो माकियासले स्वयम आफूले आफैलाई गोली हान्दा उनको पनि मृत्यु भएको थियो । उक्त जन्म दिनको भोजमा मृतक मध्ये उक्त बन्दुकधारीको प्रेमिका पनि त्यहा थिइन् ।

गत मंगलबार मे ११ का दिन दिउसो पत्रकार सम्मेलनमा प्रहरी प्रमुखले उक्त जानकारी दिएका हुन् । प्रहरी प्रमुखका अनुसार बिगत करिव १ बर्ष देखि उनीहरु बीच प्रेम तिथी निर्धारण (डेटिङ्ग)चलि रहेको थियो ।

माकियासले आउने बित्तिकै गोली चलाएका थिए भने प्रहरी प्रमुखका अनुसार उनलाई निमन्त्रणा नगरिएकोमा उनि निकै निराश भएको जनाए । माकियासले २ ,५ र ११ बर्षका बालबालिकालाई भने गोली चलाएनन भने एक अर्को सातौ वयस्कलाई पनि कुनै नोक्सान नगरेको प्रहरी प्रमुखले जनाए ।

अरुलाई गोली हाने पछि लगत्तै संदिग्ध व्यक्तिले आफूलाई गोली हानेका थिए । “यस भयानक कार्यको मूल पक्ष घरेलु हिंसा हो,” निस्कीले पत्रकारलाई भने। “पीडितमध्ये एक जनासँग सम्बन्धमा रहेको संदिग्धले यस सम्बन्धमा शक्ति र नियन्त्रण विवाद मुद्दाहरू प्रदर्शन गर्‍यो।”

उनले अनुसन्धान चलि रहेको जानकारी दिएका छन् । हाल सबै मृतक ६ जनाको पहिचान भै सकेको छ भने उक्त गोली काण्ड क्यानटर ब्युरी म्यानुफ्याकचर होम कम्युनिटीद्वारा संचालित घुम्ती घर उद्यान जहाँ अधिकांश लेटिनो समुदाय बसोबास गर्ने स्थानमा घटेको थियो ।

उक्त स्थान डेनभरको दक्षिणमा करिव ७० माइल टाडा रहेको छ । मृतकहरुमा मेल्भिज पेरेज,मायरा पेरेज,जोएना क्रुज,होजे गुटिरेज,सान्ड्रा आइबरा तथा होजे आईबरा रहेका थिए ।

प्रतिक्रिया