आइतबार, असार ६ २०७८
काठमाडौं ०७:४४
वासिङटन डिसी 21:59

क्यालिफोर्नियाका एक प्रहरीको कर्तब्य कै क्रममा मृत्यु ,अन्य प्रहरीद्वारा संदिग्ध बन्दुकधारी मारिए

इनेप्लिज २०७८ वैशाख २८ गते २१:०६ मा प्रकाशित

 

क्यालिफोर्नियाका एक प्रहरीको कर्तब्य कै क्रममा संदिग्ध बन्दुकधारीको गोलीद्वारा मारिएका छन् । कर्तब्यकै क्रममा गत मंगलबार मे १० का दिन ज्यान गुमाएका प्रहरीले एक संदिग्धलाई सर्च वारन्ट ( तलाशी अधिपत्र) गर्ने क्रममा उनको मृत्यु भएको एबिसी न्यूजले समाचार लेखेको छ ।

साथै अन्य दुई प्रहरीहरु पनि कर्तब्यमै रहेको समयमा उक्त संदिग्धले गोली हाने पछि उनीहरुले संदिग्धलाई गोली हाने पछि मृत्यु भएको हो । उक्त व्यक्तिले अर्का प्रहरीलाई पनि गोली हानेको तर उनि बाच्ने अपेक्षा गरिएको छ ।

उक्त घटना क्यालिफोर्नियाको सन लुइस ओबिस्पो भन्ने स्थानको आवास गृह भवन (अपार्टमेन्ट कम्प्लेक्स)मा करिव ५:३० बजे घटेको हो । उक्त स्थान पिस्मो समुन्द्रतटबाट १० माइल उत्तरमा रहेको छ ।

निधन हुने प्रहरी सन लुइस ओबिस्पोका अधिकारी थिए । “हाम्रो समुदायको सेवा गर्ने र उनीहरूको हेरचाह राख्ने सबैका लागि यो अत्यन्तै त्रासदी हो,” सन लुइस ओबिस्को नगरका प्रबन्धक डेरेक जोसनले भने। उनले गहिरो समबेदना प्रकट गर्दै उनले हामी यो नोक्सानीबाट क्षतिग्रस्त छौं, ”उनले थपे।

अपार्टमेन्ट कम्प्लेक्स हाल जनताको लागि सीमित छ किनकि अन्वेषकहरूले अपराधको दृश्यलाई प्रक्रियामा राख्छन् र साक्षीहरूसँग कुरा गर्छन्।

हाल उक्त क्षेत्रमा सुरक्षामा कुनै खतरा नरहेको र मानिसहरूलाई अनुसन्धानको क्रममा इलाकाबाट टाढा रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया