आइतबार, असार ६ २०७८
काठमाडौं ०७:३८
वासिङटन डिसी 21:53

“ओबामाकेयर” अन्तर्गत स्वास्थ्य बीमाको लागि १० लाखले नाम दर्ता गराए : बाइडेन

इनेप्लिज २०७८ वैशाख २८ गते २०:३१ मा प्रकाशित

राष्ट्रपति बाइडेनले मे ११ मंगलबार कोरोनाभाइरस महामारीको अवधिमा बिमा कभरेज(बीमाकृत राशि) चाहिनेहरूका लागि विशेष नामांकन अवधिमा १० लाख अमेरिकीले “ओबामाकेयर” अन्तर्गत स्वास्थ्य बीमाको लागि हस्ताक्षर गरेको बताए ।

बिडेनले गत फेब्रुअरीमा हेल्थकेयर डटकम गभ बीमा बजार फेब्रुअरीमा बिशेष ६ महिनाको लागि आगामी अगस्त १५ सम्म पुन:संचालनमा ल्याएका थिए ।

“स्वास्थ्य सेवा एउटा अधिकार हो, विशेषाधिकार होईन – र प्रत्येक अमेरिकीको गुणस्तरमा पहुँच छ भन्ने कुरा सुनिश्चित गर्नु, उनीहरूलाई आवश्यक पर्ने सस्तो स्वास्थ्य सेवा राष्ट्रिय आवश्यकता हो,” उनले भने।

बाइडेनले राष्ट्रपति बराक ओबामाको सस्तो/किफायती स्वास्थ्य सेवा ऐनमा निर्माण गर्ने आश्वासन दिएका छन्।

उनले भने कि “ओबामाकेयर” भनेर चिनिने कानून एक दशक भन्दा बढी समय पछि बनेको कानून “लाखौं अमेरिकीहरूका लागि जीवनरक्षक ” भएको छ।

बाइडेनले संयुक्त राज्यले यस विशेष नामांकन अवधिमा स्वास्थ्य बीमामा पहुँच विस्तार गर्न “ठूलो प्रगति” गरेको बताएको समाचार एबिसी न्यूजले प्रकाशित गरेको छ ।

प्रतिक्रिया