आइतबार, असार ६ २०७८
काठमाडौं ०६:५१
वासिङटन डिसी 21:06

भर्जिनिया मनाससमा बेहोस गर्ने बन्दुकद्वारा एक महिला माथि आक्रमण

इनेप्लिज २०७८ वैशाख २८ गते १९:५५ मा प्रकाशित

भर्जिनिया मनाससमा बेहोस गर्ने बन्दुकद्वारा एक महिला माथि आक्रमण भएको छ । एक पुरुषद्वारा आक्रमणमा परेकी उक्त महिलालाई अस्पताल भर्ना गर्नु परेको छ ।

गत मे ६ का दिन करिव ६:३० बजे मनाससको युनिभर्सिटी बलुभर्ड तथा रोबर्टसन ड्राइभको नजिक बीचमा भएको प्रहरीले बताएका छन् । उक्त पीडित ५२ बर्षिय महिलाका अनुसार खैरो रातो रंगको सवारी साधनमा आएको व्यक्ति त्यहा उनको नजिक रोकेर बिद्युत झट्का दिने हतियारले उनलाई आक्रमण गरेको बताएकी छिन ।

आक्रमण पश्च्यात उक्त व्यक्ति सवारी साधनमै बसेर भागेको बताइन । उक्त पीडित महिलालाई सामान्य उपचारको लागि अस्पताल लागिएको थियो । उक्त घटनामा संलग्न भएका करिव ५ फिट ९ इञ्च भएका स्वेत संदिग्ध मानिसलाई प्रहरीले खोज गरि रहेको छ ।

उक्त व्यक्तिको कालो छोटो कपाल ,जुँगा र सेतो गन्जी लगाएको प्रहरीले बताएका छन् । यदि कसैले उक्त व्यक्तिबारे जानकारी दिएमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको फक्सन्यूज ५ डटकमले उल्लेख गरेको छ ।

प्रतिक्रिया