कोरोनाको दोस्रो लहर

सिद्धान्त यादव २०७८ वैशाख २८ गते १२:३३ मा प्रकाशित


सुरु भयो कोरोनाको दोस्रो लहर
त्रासमा छन् सम्पूर्ण गाउँ र सहर

स्वस्थ जीवन बिताउने रहर हो हाम्रो
समय-समयमा हात धुनु हो राम्रो

बाहिर जाँदा मास्कको प्रयोग गरौँ
शारीरिक व्यायाम र योग गरौँ

संक्रमितको संख्या दिनदिनै बढ्दै छ
अर्थतन्त्र क्षतिको संघारमा पुग्दै छ
कोरोनाले सबै कार्यालयहरु बन्द गरायो
विद्यालयले फेरि अनलाइन कक्षा चलायो

स्वास्थ्य क्षेत्रमा पुगेको छ ठूलो प्रभाव
देशमा भेन्टिलेटरहरुको छ अभाव

स्वास्थ्य प्रति उच्च सावधानी अपनाऔँ
सचेत बनी आफ्नो ज्यान हामी बचाऔँ

अहिलेको परिस्थितिको डटेर गरौँ सामना
कोरोनाको अन्त्य होस् भन्ने गरौँ कामना

नाम: सिद्धान्त यादव
कक्षा: ६
बूढानीलकण्ठ स्कुल,काठमाडौँ

प्रतिक्रिया