टीकापुर अस्पतालमा अक्सिजन आपूर्ति व्यवस्थापनका लागि संसार भरका टीकापुरवासीहरु अभियानमा

बिजय थापा २०७८ वैशाख २८ गते १२:०० मा प्रकाशित

वाशिङ्गटन डी सी । कैलालीको टीकापुर अस्पतालमा अक्सिजन सिलिन्डर(ढुङ्ग्रो )को अभाव र आपूर्ति समस्याले कोरोना सन्क्रमित बिरामीहरुको मृत्य हुन थाले पछि अक्सिजन सिलिन्डरको व्यवस्थापन ,अक्सिजन आपूर्ति र अक्सिजन प्लान्ट(कारखाना)को स्थापनाको लागि टीकापुर क्षेत्रका संसार भरीका युवाहरुले अभियान चलाइ रहेका छन ।

टीकापुर सरोकार समुहले टीकापुर अस्पताल र टीकापुर उधोग बाणिज्य संघ संग मिलेर यो अभियान सयुक्त रुपमा प्रारम्भ गरेको छ । आइतबार देखि थालिएको यो अभियानमा बुधवार सम्म दुई दिनमा १५ लाखको सहयोग प्रतिबद्धता जुटी सकेको छ ।

अभियानसंग सम्बद्ध सस्थाहरुले टीकापुर सरोकार समुहका अमेरिका स्थित सदस्य बिष्णु शाहलाई यो अभियानका लागि संयोजक तोकेको छ । नेपाल भित्रबाट उत्साह जनक स्वस्फुर्त रुपमा सहयोग जुटी रहेको यो पुन्य अभियानमा शाहले समुहका सदस्य एबम सुदुर पश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष प्रेम शाहीको अग्रसरतामा गो फन्डबाट रकम जुटी रहेको र अमेरिका लगायत अन्य देशका एनआरएनहरु संग सहयोगका लागि सम्पर्क भइ रहेको जनाएका छन ।

उनले भने यस्तै अप्ठ्यारोमा प्रवासमा रहेका हामीहरुले घर गाउँ सम्झने हो । शाहले आफै पनि आज १ लाख नेपाली यो अभियानका लागि सहयोग पठाएका छन । त्यसै गरि अभियानकर्ता प्रेम शाहीले अमेरिका बसेका टीकापुर र सुदुरपश्चिम क्षेत्रका एनआरएनहरुलाई यो अभियानमा सहयोग गर्न आह्वान गरेका छन ।

उनले पनि अभियानका लागि पचास हजार सहयोग गरि सकेका छन ।

त्यसैगरि एनआरएनए अफ्रिकाबाट रु दुई लाखको सहयोग पठाउन लागेको जानकारी गैरआवासीय नेपाली संघको अफ्रिका महिला संयोजक मन थापाले जनाएकी छिन । अभियानमा अस्ट्रेलिया , कोरिया , मलेशिया ,मध्य पुर्व , जापान ,बेलायत ,युरोप ,क्यानडा र अमेरिकाका टीकापुरलाई माया गर्ने नेपालीहरुले सहयोग पठाउन शुरु गरेका छन ।

टीकापुर सरोकार समूहको आह्वानमा गत जनवरीमा सम्पन्न यस्तै एक अभियानले टीकापुर अस्पताललाई शव बाहन हस्तान्तरण गरेको थियो । टीकापुर सरोकार समूहका संस्थापक एबम गैर आवासिय नेपाली संघका निवर्तमान कोषाध्यक्ष हिक्मत थापाले संकटमा सबै गैर आवाशिय नेपालीहरुले आफ्नो गाउँ घर र देश सम्झने गरेको बताए ।

उनले यो अभियानमा समेत गच्छे अनुसार सहयोग गर्न सबैलाई अनुरोध गरेका छन ।

उक्त अभियानका लागि खोलिएको गोफन्डको लिङ्क(शृंखला) यस प्रकार छ :

https://www.gofundme.com/f/x83jy-covid19-relief?member=10751239&utm_campaign=p_cp+share-sheet&utm_medium=copy_link_all&utm_source=customer

प्रतिक्रिया