आइतबार, असार ६ २०७८
काठमाडौं ०६:२०
वासिङटन डिसी 20:35

रिपब्लिकन दलको तर्फबाट भर्जिनियाको गभर्नरको आगामी चुनावमा ग्लेन योङ्गकिन बिजयी

इनेप्लिज २०७८ वैशाख २८ गते ११:३६ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा आगामी नोभेम्बरमा हुने गभर्नर पदको लागि रिपब्लिकन दलको तर्फबाट प्राथमिक चुनावमा ग्लेन योङ्गकिन बिजयी भएका छन । उनले रिपब्लिकन दलका आफ्ना प्रतिद्वन्दी पिट स्यानडरलाई हराएका छन् ।

गत शनिबार सम्पन्न भएको मतदानमा करिव ३० हजार प्रतिनिधिहरुले मतदान गरेका थिए । गत सोमबार मे १० का दिन गणना हुँदा उनले बाजी मारेका हुन् । ६ चरणको गणनामा स्यानडरलाई परास्त गर्दै आगामी नोभेम्बर २ मा हुने चुनावमा डेमोक्र्याटिकका उम्मेदवारलाई पराजित गरेमा भर्जिनियाको गभर्नर हुनेछन् ।

यसैगरी रिपब्लिकनका अर्का उम्मेदवार अमन्दा चेज तृतीय स्थान हासिल गरेकी छिन भनि डब्लुएसएलएस डटकमले समाचार लेखेको छ । सामाजिक संजाल ट्वीटमा योङ्गकिन लेखे: “म नेतृत्व गर्न तयार छु, सेवा गर्न उत्साहित छु र मानिसहरूले म माथि गरेको विश्वासलाई मलाई अत्यन्तै नम्र पारेको छ। भर्जिनियावासीहरूले स्पष्ट गरे कि उनी रिचमण्डमा वास्तविक परिवर्तन ल्याउनको लागि राजनीतिक भन्दा  बाहिरी व्यक्तिलाई प्रमाणित व्यापारको अनुभवलाई साथ तयार छन्। ”

स्यानडरले एक वक्तब्य निकाली उनलाई बधाई दिएका छन् । आगामी जुन ८ का दिन डेमोक्र्याटका उम्मेदवारहरु बीच प्राथमिक चुनाव हुनेछ । डेमोक्र्याटका उम्मेदवारहरुमा लि कार्टर,जस्टिन फेयरफ्याक्स,जेनिफर फोय,टेरी मकल्फे र जेन म्याकलेलन मैदानमा छन् ।

यता रिपब्लिकनका उम्मेदवारहरुमा क्रमस अमन्दा चेज,क्रिक कक्स,पिटर डोरन,ओक्टाभिया जोन्सन ,पिट स्यानडर र सर्जियो दे ला पेना रहेका थिए ।

प्रतिक्रिया