आइतबार, असार ६ २०७८
काठमाडौं ०७:३२
वासिङटन डिसी 21:47

मेरिल्याण्डमा गोलीवारी हुँदा ३ को मृत्यु ,१ जना बच्चा घाइते

इनेप्लिज २०७८ वैशाख २८ गते १०:३७ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको एन अरुनडेल काउन्टीमा भएको गोलीवारीमा ३ जनाको मृत्यु भएको छ भने १ जना बच्चा घाइते भएको एन अरूनदडेल काउन्टीका प्रहरीले जानकारी दिएका छन् ।

उक्त घटना गत सोमबार मे १० का दिन भएको हो । घटना भए पछि प्रहरीहरुलाई करिव ९:३० मिनेटमा खबर गरिएको थियो । उक्त घटना फेडेरल्सबर्ग दक्षिणमा भएको प्रहरी विभागका अधिकारी क्याम कुकले बताए ।

प्रहरीका अनुसार जव प्रहरीहरु घटनास्थलमा त्यहा पुगे पछि ३ जना वयस्क मृत अवस्थामा फेला परेका थिए भने बच्चा घाइते अवस्थामा पाइएका थिए । स्वास्थ्यकर्मीहरुले उक्त बच्चालाई अस्पताल लागिएको छ भने उनको अवस्था अझै अज्ञात रहेको कुकले जानकारी दिएका छन ।

अनुसन्धानकर्ताका अनुसार ३ जना वयस्क मध्ये संदिग्ध बन्दुकधारी मृत नै भएको जनाएका छन् । प्रहरीका अनुसार सम्भवत घरेलु झगडको कारण उक्त घटना भएको र अझ सम्म पनि बन्दुक फेला परेको  या नपरेको बारेमा प्रहरी मौन रहेका छन् ।

काउन्टी प्रहरीका अनुसार अव उक्त क्षेत्र खतरामुक्त भएको र अनुसन्धान चलि रहेको बताएका छन् भनि डब्लुटिओपी डटकमले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया