आइतबार, असार ६ २०७८
काठमाडौं ०७:१४
वासिङटन डिसी 21:29

एफडिएद्वारा फ़ाइजर-बायोटेकको कोरोना बिरुद्ध खोप १२-१५ बर्ष सम्म उमेरकालाई स्वीकृत

एफडिएले एक हप्ता अगाडी बोलेको प्रतिबद्धता पुर्यायो

इनेप्लिज २०७८ वैशाख २८ गते ०:१० मा प्रकाशित

एफडिएले एक हप्ता अगाडी बोलेको प्रतिबद्धता पुर्याएको छ । आज मे १० का दिन खाद्य र औषधि प्रशासन(एफडिए)ले १२ देखि १५ बर्ष सम्म उमेरकालाई फ़ाइजर-बायोटेकको कोरोना बिरुद्ध खोपको अधिकार अर्थात् अनुमति दिएको छ ।गत मे ५ बुधबारका दिन क्यानडा स्वास्थ्य बिभागले फाईजर-बायोटेकको खोपको लागि अनुमति दिएको थियो अर्थात् क्यानडाले अनुमति दिएको ठिक ५ दिनमा एफडिएले अनुमति अर्थात् खोप लगाउन अधिकार दिएको छ । यो खोप स्वीकृत दिने राष्ट्र क्यानडा प्रथम भएको छ ।

गत मे ४ अर्थात् बैशाख २१ का दिनका खोपको अधिकार अर्थात् अनुमति अर्को हप्ता दिने घोषणा गरेको थियो । तर एफडिएले आकस्मिक प्रयोगको लागि यो खोपलाई प्रयोग गर्न स्वीकृत दिएको छ ।

अमेरिकामा यो कोभिड-१९ को किशोरहरुको लागि प्रथम खोप १६ बर्ष र माथिको लागि पहिले देखि नै चालुछ । तर जोन्सन एण्ड जोन्सनको खोप १८ बर्ष र माथिका लागि प्रयोग गरिदै आएको छ ।

फ़ाइजरले एफडिएलाई बुझाइएको अनुसन्धान र परीक्षण गरिएका कागजातलाई पुनरावलोकन गरे पछि मे १० का दिन स्वीकृत गरेको छ ।

ओखति निर्माण गर्ने प्रतिष्ठानले गत मार्चको अन्त्यमा २,२६० जना १२-१५ बर्ष उमेरकालाई क्लिनिकल (रोग-विषयक) परीक्षण गर्दा खोपको प्रभावकारिता १००% देखाउँदछ भनेको थियो ।

साथै यो राम्रोसँग सहन योग्य छ समेत उल्लेख गरेको थियो ।

 

प्रतिक्रिया