आइतबार, असार ६ २०७८
काठमाडौं ०६:१३
वासिङटन डिसी 20:28

युएनए सम्मेलनमा प्रायोजक बन्न पाइने अवसर

इनेप्लिज २०७८ वैशाख २७ गते २३:१६ मा प्रकाशित

 

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को पाँचौ सम्मेलनमा प्रयोजन गर्ने सुवर्ण अवसर आएको छ । युनएनए सम्मेलनमा हुन् अब १२ दिन मात्र बाकि छ ।

आगामी मे २२- २३ का दिन आयोजना हुने भएकोले भव्य तयारी भै रहेको छ । युएनए सम्मेलनमा निरन्तर रुपमा प्रयोजन गर्दै आउनु भएका सबै प्रायोजकलाई युएनएका अध्यक्ष भक्त भण्डारीले धन्यवाद दिएका छन् । साथै यस पटक पनि बिगत जस्तै सहयोग र साथ दिन अध्यक्ष भण्डारीले अपेक्षा गरेको ईनेप्लिजलाई बताए ।

उनले सम्मेलनको कार्य द्रुतगतिमा अघि बढी रहेको जनाएका छन् भने सबैको सहभागीताको खाचो रहेको बताए । स्मरण रहोस ,युएनए सम्मेलन गत बर्ष महामारीको कारण स्थगित गर्नु परेको थियो भने यस पटक खेलकुद बाहेक अन्य कार्यक्रमहरु परोक्ष (जुम )मार्फत हुने छ ।

बिगत २ वटा युएनए सम्मेलनमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका पूर्व अध्यक्ष शेष घले तथा श्रीमती जमुना गुरुङ घलेले पनि सहभागिता जनाई सकेका छन् ।

युएनए पाचौ सम्मेलनमा प्लाटिनियममा स्पोन्सर लेबल अर्थात् सौजन्य गर्नेलाई ५ हजार डलर ,गोल्ड स्पोन्सर लेबल नामक सौजन्यलाई २ हजार ५ सय तथा सिल्भर स्पोन्सर लेबल नामक सौजन्य गर्नेलाई १५०० डलर तोकिएको छ ।

सम्मेलनको संयोजक चन्द्र लामा हुन । सम्मेलन भर्जिनियाको वेस्टफिल्ड मेरिएट वाशिंगटन डलस होटल(अतिथि गृह)मा पुरस्कार वितरण कार्यक्रम गरिने छ भने उक्त दिन केवल खेलाडीहरु मात्र उपस्थित हुनेछन् ।

समापन तथा पुरस्कार वितरण समारोह साँझ ६ बजे देखि प्रारम्भ हुनेछ ।

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को पाँचौ सम्मेलनमा बिगत बर्ष झैँ यस बर्ष पनि नृत्य,गायन /गीत,वादविवाद तथा प्रतिभा प्रतियोगिताको भब्य तयारी भै रहेको समापन समारोहकी सयोजक बिना खड्का लामाले जानकारी दिएकी छिन ।

यसै गरि मे २२ अर्थात् सम्मेलनको पहिलो दिन साँझ ८ बजे महिला सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने छ भने उक्त कार्यक्रमको संयोजन सुनिता खत्रीले गर्ने छिन ।

बिस्तृत जानकारी लिन यहा थिच्नु होला :

https://unaconvention.org/

प्रतिक्रिया