आइतबार, असार ६ २०७८
काठमाडौं ०५:५१
वासिङटन डिसी 20:06

कोलोराडोको जन्म दिनमा भएको गोलीकाण्डमा मृत्यु हुने ७ जनाको पहिचान

बन्दुकधारी मृतकका प्रेमी भएको खुलासा

इनेप्लिज २०७८ वैशाख २७ गते २२:१८ मा प्रकाशित

गत मे ९ का दिन आइतवार बिहान कोलोराडो स्प्रिन्ग्समा जन्म दिनमा खुसी मनाइ रहेको अवस्था गोली चल्दा ७ जनाको मृत्यु हुनेको पहिचान भएको छ । साथै बन्दुकधारी मृतकका प्रेमी भएको खुलासा भएको छ ।

सिएनएनले ६ जना सबैको नाम पहिचान गरेको भनि केआरडिओ डटकमले जनाएको छ  ।

कोलोराडो राज्यको दक्षिणपूर्व क्षेत्रमा आइतबार मध्य राती मृतक भएकी सान्ड्रा आईबराको प्रेमी जुनियर माकियास भएको उनको सामाजिक संजालबाट बुझिएको सिएनएनले उल्लेख गरेको छ । साथै मृतक आईबराले उक्त व्यक्तिसंग सम्बन्ध रहेको लेखेकी छिन ।

मृतहरु आफन्त र परिवारका सदस्य रहेका थिए । उक्त गोली काण्ड क्यानटर ब्युरी म्यानुफ्याकचर होम कम्युनिटी द्वारा संचालित घुम्ती घर उद्यान जहाँ अधिकांश लेटिनो समुदाय बसोबास गर्ने स्थानमा घटेको थियो ।

उक्त स्थान डेनभरको दक्षिणमा करिव ७० माइल टाडा रहेको छ । मृतकहरुमा मेल्भिज पेरेज,मायरा पेरेज,जोएना क्रुज,होजे गुटिरेज,सान्ड्रा आइबरा तथा होजे आईबरा रहेका थिए । गोली सबैलाई हाने पछि उक्त संदिग्ध बन्दुकधारीले स्वयमले आफूलाई गोली हानी आफ्नो प्राण आफै लिएका थिए ।

सिएनएनका अनुसार उनीहरुको शव परीक्षण हुन् की दिन लाग्ने अधिकारीहरुले बताएको उल्लेख गरेको छ । मृतकहरुको सहयोग विभिन्न काम गर्नु पर्ने भएकोले गो फन्ड समेत खोलिएको छ ।

उक्त जन्म दिन मनाएर शनिबार १०:३० मिनेटमा गएका फ्रेडी मार्केजका अनुसार उनि सासुआमाको पनि निधन भएको उनले बताए । उनले मध्य राती एक महिलाको छोराले रुदै सेलफोन (भ्रमण ध्वनि)बाट घटनाको बारेमा जानकारी बताएका उनले बताए ।

प्रतिक्रिया