रामकुमारी झाँक्रीले रुँदै भनिन् :ओलीले हामीलाई ढोका बन्द गर्नुभयो, एमालेमा स्मृतिका लामा पाना छन् (भिडिओसहित)

इनेप्लिज २०७८ वैशाख २७ गते ०:१८ मा प्रकाशित

काठमाडौं, २६ बैशाख।नेकपा एमालेकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टीमा फर्किएर काम गर्ने ढोका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द गरिदिएकोले अब सँगै रहने सम्भावना नरहेको बताएकी छिन् ।

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ झाँक्रीले रुँदै भनिन्, ‘आज हाम्रो लागि एकदमै टफ दिन हो, अलिकति संवेदनशील दिन पनि हो।हामी जे गर्न गैरहेका छौं,राजनीतिमा एउटा अध्याय सकेर एउटा नयाँ बाटो लाग्दैछौं।त्यो कारणले स्वाभावैले हाम्रा सबै सांसदहरुले जसरी कुरा राख्नुभयो,अलिक बढ्दा भावुकता,पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँको सुविधाको लागि पार्टी एकता गर्नुभयो, र पार्टी विघटन पनि उहाँले गर्नुभयो।पार्टी विघटन भैसकेपछि अदालतमा सेटिङ गरेरै बनाउनुभएको छ।त्यो सेटिङपछि अदालतले पूर्ववतः अवस्थामा भनिसकेपछि २०७५ साल जेठको २ गते अघिको कण्डिसन हो, एमालेको।त्यही अवस्थामा फर्किएर हामी काम गर्छौं भनेर हामीले उदारतापूर्वक भनिरहँदा उहाँले हामीलाई ढोका बन्द गर्नुभयो।त्यो ढोका उहाँले आजपनि बन्द गर्नुभएको छ । उहाँले व्यक्ति व्यक्तिसँग डिल गर्नुहुन्छ, लोकतन्त्र र संविधान अनि कानूनको धज्जी उडाउने काम गर्नुभयो।अब हामी एमाले भैरहने र त्यही पार्टीमा अन्तरसंघर्ष गर्ने अवस्था रहेन।त्यो रहिनसकेपछि हाम्रा लागि अन्तिम दिन पनि हो नेकपा एमालेको दलको बैठक भनेर बस्ने।त्यो कारणले स्वभावैले स्मृतिका लामा, हामीले गरेका दुःख, यात्रा सम्झना छ।यत्रो लामो बाटो हिँडेर यहाँ आयौ नि त । हाम्रा पनि कुराहरु छन् नि।अझैपनि एउटा अध्यक्षले उदारतापूर्वक स्पेश दिनुपर्छ, र भोलि विहान ९ बजेसम्म पर्खिएर भएपनि पार्टी विभाजन नहोस भन्न चाहन्छौं।’

-रिपोर्टर्स नेपाल बाट

प्रतिक्रिया