आमा ! त्यो उज्यालो जुन हुन्
जसले, घरको औशी ,सर्लक्क निलिदिन्छिन्।
अनि गृहस्थीको पूर्णिमामा आफूलाई सधैं निरन्तरता दिन्छिन् आमा !
ममताको बाक्लो त्यो खास्टो हुन्,
जस्का, स्नेहका तापहरूले , पौषको ठान्दा नै बिर्साइदिन्छ
र माघ महिनाको तुषारोनै विलाईदिन्छिन्।
आमा ! सहनशीलता का फराकिला आकाशहरु हुन्
जस्ले गर्भदेखि चीत्तासम्मका ,
करोडौं पीडाहरूका वोजन आफूभित्रै व्यवस्थापन गरेर ,
आफ्ना नयनहरुमा शालीनताका
स्रावण -भाद्र बोकेर पनि ,
सन्तानका भविष्यहरूका फाँट , सुन्दर र सुरक्षित बनाउन ,
आफूलाई सधैं ती रंगीन ईन्देणीहरुमा रुपान्तरित गर्छिन् ।
आमा !जननी हुन् , आमा ! धर्ति हुन!
आमा आशा हुन् , आमा भरोसा हुन् ।
आमा मेरो जीवनको पहिलो र अन्तिम दुवै कुशल शिक्षिका हुन् आमा !
मेरो जीत हुन् आमा मेरो प्रेरणा हुन्।
आमा ! मेरो कामना हुन्
जसले , कहिल्यै कसैसँग हार हुन सिकाइन्
आमा ! मेरो पूर्ण विश्वास हुन् , आमा मेरो दृढ संकल्प हुन् ।
जसले , कहिल्यै कसैसँग शीर निहुर्र्याउन सिकाइन्।
आमा सत्यको प्रतीक हुन् ,
जस्ले सधै नडगमगाई, मात्र सत्य बोल्न सिकाइन् ।
आमा !मेरो आजको आत्मबल हुन्।
आमा !मेरो ओठको मुस्कानहरु हुन् ।
आमा !आशीर्वाद हुन्,आमा मेरो आदर्श हुन्।
आमा ! कर्म हुन् , आमा! मेरो भाग्य हुन् ।
आमा !मैले देख्ने दृश्यका ती सारा आकाश हरु हुन् ।
आमा ! मैले फेर्ने स्वासका हरेक धड्कनहरु हुन् ।
आमा !मेरो मन मन्दिरको देवता हुन्।
आमा मेरो मन बचन र कर्मका सारथीहरू हुन्
आमा ! मेरो जिवनको सबथोक हुन् ।
आमा! थिईन र त आज म छु ,
त्यसैले म भन्छु आमा मेरो जीवनको सबथोक हुन्!
प्रतिक्रिया