पोखराको अक्सिजन ग्याँस उद्योगमा प्रहरी पुग्दा, कहाँबाट आयो यति धेरै सिलिण्डर ? (भिडियो सहित)

इनेप्लिज २०७८ वैशाख २६ गते ११:३१ मा प्रकाशित

देशभरका अस्पतालहरुमा अक्सिजन सिलिण्डरको अभाव छ।अस्पताल भर्ना भएका सबैलाई अक्सिजन लगाउनु पर्ने भएकाले एकै पटक यो समस्या आएको हो। पोखरा भित्रका मेटल कम्पनी,वर्कसप,इन्जिनियरिङ वर्कसप,मोटर ग्यारेज,ग्यास वेल्डिङ तथा अन्य कम्पनीहरुसंग रहेका अक्सिजन ग्यास सिलिण्डरहरु संकलन गरेर जिल्ला प्रहरी कार्यालय कास्कीका केही प्रहरीहरु पोखराको अक्सिजन ग्याँस उद्योगमा गए।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ती सिलिण्डरहरु पछि सम्बन्धित संस्था तथा कम्पनीहरुलाई नै फिर्ता गर्ने गरी संकलन गरिएको थियो।कास्की प्रहरी र मातहतका प्रहरी कार्यालय समेतबाट संकलन गरी हाललाई कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचारार्थ बिभिन्न अस्पतालहरुमा पठाउने गरी १८७ थान अक्सिजन ग्याँस सिलिण्डरहरु पोखरा अक्सिजन प्रा.लि.र कालिगण्डकी अक्सिजन प्रा.लि.लाई हस्तान्तरण गरिएको जनाइएको छ।

हेर्नुहोस् यो भिडियो

प्रतिक्रिया