आइतबार, असार ६ २०७८
काठमाडौं ०६:४२
वासिङटन डिसी 20:57

अनेसासले समेट्यो- ‘सिर्जनामा आमा ‘

समाचारदाता २०७८ वैशाख २६ गते १:०५ मा प्रकाशित

 

बोस्टन,अमेरिका -अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार ‘सिर्जनामा आमा’ शीर्षकमा रचना वाचन कार्यक्रमको आयोजना गरेको छ।अनेसासको नियमित साप्ताहिक कार्यक्रम ‘अनेसास संवाद’को ५१औं श्रृंखलालाई आमा दिवसको अवसर परेर यो स्वरुपमा आयोजना गरेको हो।

कार्यक्रममा कोमल भट्ट -अमेरिका,नम्रता गुरागाईं -अमेरिका ,प्रकाश पाण्डे -अमेरिका ,गंगा लिगल – नेपाल,राजेन्द्र श्रेष्ठ -अमेरिका ,कृष्ण गिरी -अमेरिका ,माया गुरूङ- बेलायत,लालगोपाल सुवेदी -अमेरिका,दीपा राई पुन -अमेरिका,शकुन ज्ञवाली -अमेरिका,ममता कर्माचार्य -अमेरिका,डा.काशीराज पाण्डे- नेपाल,रश्मी रिमाल नेपाल,अरूण भेटवाल- पोर्चुगल,उर्मिला निर्दोषी -अमेरिका ,नारायण अधिकारी -अमेरिका,कमला न्यौपाने -अमेरिका ,डन कार्की- अमेरिका ,गोमा न्यौपाने -अमेरिका,शारदा पौडेल नीशा – स्पेन, गृष्मा पौड्याल -जापान, पुष्कर बराल- -अमेरिका , डा रेणुका सोलु – नेपाल, शशी थापा पण्डित- नेपाल, सुदीपभद्र खनाल- अमेरिकाले सिर्जना वाचन गरे।

यसैगरी रवीन्द्रभक्त श्रेष्ठ -अमेरिका,रजनी श्रेष्ठ-अमेरिका,राम लामा अविनाशी -अमेरिका ,डा.मधु माध‍ुर्य -अमेरिका ,प्रेम संग्रौला -अमेरिका,महेश पौड्याल- नेपाल,सीता अर्याल-अमेरिका,अग्नि पराजुली-अमेरिका,हरिलाल शर्मा -अमेरिका,निजानन्द मल्ल- नेपाल,सारादेवी गुरुङ- बेलायत,माया गुरुङ- बेलायत,पुष्पा खनाल- नेपाल, चन्द्रा न्यौपाने- नेपाल, गणेश खड्का- अफ्रिका,रसज्ञ छहरा- नेपाल,अम्बिका थापा- नेपाललगायतले पनि सिर्जना वाचन गरे।

अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टीका सभापति गीता खत्री,उपसभापतिद्वय पदम विश्वकर्मा र पुरु सुवेदी, बोर्ड अफ ट्रष्टीका पूर्व उपसभापति रोहिणी शर्मा,वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा,महासचिव सर्वज्ञ वाग्ले,सचिव विमला निरौलालगायतले शुभकामना, सिर्जना वाचन तथा मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया