आइतबार, असार ६ २०७८
काठमाडौं ०७:१५
वासिङटन डिसी 21:30

मेरिल्याण्डमा भएको गोली काण्डमा संदिग्ध सहित ४ जनाको मृत्यु ,१ घाइते

इनेप्लिज २०७८ वैशाख २५ गते २२:४४ मा प्रकाशित

मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा संदिग्ध सहित ४ जनाको मृत्यु र १ जना घाइते भएका छन । मे ८ शनिबार बिहानै गोलीवारी चल्नुको साथै आगजनी समेत भएको प्रहरी अधिकारीले जनाएका छन् ।

संदिग्धले गोली चलाए पछि उनलाई प्रहरीले गोली चलाउदा उनको निधन भएको थियो । अधिकारीका अनुसार बाल्टिमोरको उप नगर क्षेत्रमा के कारणले हिंसात्मक रुप लियो भने अझ स्पष्ट भै नसकेको जनाएका छन ।

साथै प्रहरीले संदिग्ध र पीडितहरुको पहिचान गरि नसकेको जनाएका छन् । उक्त क्षेत्रमा बसोबास गर्दै आएका एक बासिन्दाले एका बिहानै ६:३० बजे घरमा आगजनी भएको देखेको र ठूलो बिस्फोट भएको एपीलाई बताएकी थिइन् ।

गेल वाट्सले एक पुरुष उक्त समयमा उभिई रहेको देखेको बताएकी थिइन् । उक्त संदिग्धसंग बन्दुक रहेको र अन्य मानिस ज्यान बचाउन दौडी रहेको बताइन ।

उनका अनुसार २५ बर्ष देखि बस्दै आएकी महिला उक्त संदिग्ध व्यक्ति आक्रमक स्वभावको भएको जनाएकी छिन । बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डका अनुसार बाल्टिमोरको पश्चिम वुडलन नजिक उक्त बन्दुकधारी र आगजनी भएको खबर पाए पछि ६:४० मा त्यहा पुगेका थिए ।

प्रहरीले यस घटनाबारेमा अनुसन्धान गरि रहेको छ भने शनिबार साँझ पत्रकार सम्मेलन हुने अपेक्षा गरिएको समाचार एबिसी न्युजले लेखेको छ ।

प्रतिक्रिया