आइतबार, असार ६ २०७८
काठमाडौं ०७:४५
वासिङटन डिसी 22:00

युएनए सम्मेलनमा बास्केटबलका बिजेतालाई २ हजार उपविजेतालाई १ हजार डलर नगद तथा पुरस्कार

इनेप्लिज २०७८ वैशाख २५ गते १७:०३ मा प्रकाशित

 

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को पाँचौ सम्मेलनमा आयोजना हुने बास्केटबाट प्रतियोगितामा प्रथम हुनेलाई २ हजार डलर र द्वितीय हुनेलाई १ हजार डलर नगद तथा पुरस्कार दिइने छ ।

आगामी मे २२- २३ का दिन आयोजना हुने उक्त सम्मेलनमा खेलकुद बाहेक अन्य सबै कार्यक्रमहरु परोक्ष रुपमा (भर्चुअल )जुम मार्फत हुनेछ । भलिवलका सह संयोजक गोबिन्द घिमिरे हुन् भने खेलकुद संयोजक सन्तोष बिडारी हुन् ।

बास्केटबलमा पनि दर्ता शुल्क एक खेल टोलीलाई ४ सय डलर राखिएको छ भने आगामी मे २० तारिख ११ :५९ मिनेट सम्म दर्ता गर्नु पर्ने छ । साथै खेलकुद तालिका मे २२ का दिन सार्वजनिक गरिने छ भने खेल मे २२ र मे २३ का दिन हुनेछन ।

बास्केटबलका सह संयोजक घिमिरेले सबै भलिवल टोलीलाई शीघ्र दर्ता गर्न आग्रह गर्दै केही बुझ्नु परेमा आफूलाई सम्पर्क गर्न अनुरोध गरेका छन् । सम्मेलनको संयोजक चन्द्र लामा हुने भने युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)का अध्यक्ष भक्त भण्डारी हुन् ।

बिजेता र उप् बिजेता खेलाडीहरुलाई पुरस्कार वितरण कार्यक्रम भर्जिनियाको वेस्टफिल्ड मेरिएट वाशिंगटन डलस होटल(अतिथि गृह)मा गरिने छ । पुरस्कार वितरण कार्यक्रममा केवल खेलाडीहरु मात्र उपस्थित हुनेछन् ।

समापनतथा पुरस्कार वितरण समारोह साँझ ६ बजे देखि प्रारम्भ हुनेछ ।

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को पाँचौ सम्मेलनमा बिगत बर्ष झैँ यस बर्ष पनि नृत्य,गायन /गीत,वादविवाद तथा प्रतिभा प्रतियोगिताको भब्य तयारी भै रहेको समापन समारोहकी सयोजक बिना खड्का लामाले जानकारी दिएकी छिन ।

यसै गरि मे २२ अर्थात् सम्मेलनको पहिलो दिन साँझ ८ बजे महिला सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने छ भने उक्त कार्यक्रमको संयोजन सुनिता खत्रीले गर्ने छिन ।

बिस्तृत जानकारी लिन यहा थिच्नु होला :

https://unaconvention.org/

प्रतिक्रिया