महामारी बिश्वमै नेपाल अग्रस्थानमा, सयमा ४० जना सक्रमित मृत्यु हुनेको संख्या पनि कहाली लाग्दो गरी बढदो

टंक पन्त २०७८ वैशाख २५ गते ६:५२ मा प्रकाशित

 

काठमाडौ । कोरोना महामारीले नेपाललाई बिश्वमै अग्रस्थानान पुर्याएको छ । सबै भन्दा बढी महामारी फैलिएको भनिएको भारतलाई पनि नेपालले उछिनेको छ । थोरै संख्यामा परिक्षण गर्दा पनि दैनिक १० हजार भन्दा बढी संक्रमित भएका छन भने ६० जना बढीको मृत्यु हुन थालेको छ ।

भारतमा भयाबह स्थिति रहेको छ तर जनसंख्याको हिसाबले भारत भन्दा नेपाल धेरै प्रभावित भैसकेको छ । सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा डा बिधाननिधि पौडेल भन्नुहुन्छ – परिक्षण भएका एक सयमा ४० जना सक्रमित देखिएका छन यो भनेको एकदमै डरलाग्दो अबस्था हो ।

अस्पतालमा बेड छैन बेड बढाए पनि जनशक्तिको अभाब रहेको छ । जसले गर्दा उपचार नै नपाएर कैयौ बिरामीहरु छट्पटाउन बाध्य छन । कोरोना सक्रमणबाट मृत्यु संख्या जसरी बढिरहेको छ त्यसले गर्दा घाटहरुमा दाहसंस्कार गर्ने ठाउंका लागि घण्टौ पालो पर्खिनु परेको छ ।

अहिलेको बिषम परिस्थितिसंग कसरी जुध्न सकिन्छ र वास्तविक अवस्था कस्तो रहेको छ भन्ने बारेमा रोटरी क्लब अफ काठमाडौ डाउनटाउनले शनिबार सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा डा बिधाननिधि पौडेलसंग बिशेषबैठकको आयोजना गरेको थियो ।

सो बैठकमा डा पौडेलले नेपालको अबस्था निकै भयाबह बन्दै गएको बताउनुभएको छ ।सक्रमितहरुको संख्या निकै बढिरहेको छ तर अस्पतालमा लगेर उपचार गराउनुपर्ने बिरामीलाई पनि बेडको अभाबका कारण उपचार गर्न पाइएको छैन –डा पौडेल भन्नुहुन्छ –बेड थप गरेपनि जनशक्तिको कमी छ भर्खर पास गरेकाहरु डरले आउंदैनन रिटाएर भएकाहरु बृद्ध भएका कारण उनीहरुलाई पनि बाध्य पार्न सकिदैन जसले गर्दा निकै अप्ठ्यारो छ ।

अहिलेको बिषम परिस्थितिमा सक्रमण हुनबाट जोगिने अचुक सुत्र राम्रो गरी मास्क लगाउने , सेनिटाइजर प्रयोग गर्ने , राम्ररी बेला बेलामा साबुन पानीले हात धुने , घरबाट ननिस्कने , आफुलाई पावरफुल बनाउने अर्थात आत्मबल बढाउने , जहां पाइन्छ भ्याक्सिन लगाउने , घरबाट निस्कनै पर्ने जरुरी भएमा घरबाट निस्कदा लगाएको मास्क नछोइकन घरमा आएर मात्र खोल्ने र डिस्पोज गर्ने काम गर्नुपर्छ –डा पौडेल थप्नुहुन्छ –भ्याक्सिन लगाएका ३ हजारमा एक जनालाई मात्र गाह्रो बनाएको छ नभए भ्याक्सिन लगाउनेहरुलाई गभीर बनाउदैन ।

भ्याक्सिन लगाएपछि शरीर दुख्नु, टाउको दुख्नु र सामान्य ज्वरो आउनु भनेको राम्रो पक्ष हो किनकि त्यो संग जुध्न सक्ने युमिनिटी पावर उ संग रहेछ भन्ने देखाएको हो –डा पौडेलले कोरोना संक्रमित भएको ५ दिन देखि ७ दिन भित्र गाह्रो नभएमा त्यसपछि सामान्य खोकी ज्वरो आएपनि डराउनुपर्दैन र पुन पीसिआर परीक्षण पनि गर्नुपर्दैन भन्नुभएको छ ।

१० दिन भएपछि ढुक्क हौ नत भनेर बिदेशबाट ल्याएको एउटा किट पनि अर्को एक जना गर्नै पर्नेलाई काम लाग्छ त्यसैले १० दिन पछि पुन परीक्षण नगराउन र कुनै पनि हालतमा चिकित्सकको सल्लाह र निगरानी बेगर संकटमा काम लाग्छ भनेर घरमा अक्सिजन लगेर राख्ने काम नगर्न पनि डा पौडेलले बिशेष आग्रह गर्नुभएको छ । कसैले घरमा अक्सिजनका सिलिण्डर राखेको भए अस्पतालमा पुर्याई संकटमा साथ दिन आग्रह गर्दै डा पौडेलले घरमा सिलिण्डर राख्दा पड्कियो भने घर नै ध्वस्त पार्ने पनि हुन सक्छ भनी सचेत गराउनुभएको छ ।

अस्पताल जानुपर्ने अबस्था भएका सक्रमितको उपचार अक्सिजनबाटै हुने हो भन्दै २५ भन्दा बढी बेड भएका स्वास्थ्य संस्थाहरुले आफै अक्सिजन बैक नै राखी आफै आत्मनिर्भर हुुनुपर्ने खाचो देखिएको भन्दै डा पौडेलले कोरोना सक्रमितको अस्पतालमा उपचार भैरहेको छ र कोरोना नेगेटिभ देखिएमा निमोनियांको औषधि चिकित्सकको सल्लाह अनुसार घरमै बसेर गर्न पनि सकिन्छ भन्नुभएको छ ।

बिशेष बैठकमा क्लबका अध्यक्ष श्याम पराजुली , सचिब राजकुमार बैदवार , बरिष्ठ पत्रकार टंक पन्त , हरिदत्त पौडेल , मीन केसी लगायतले पनि अहिलेको परिस्थिति र राज्य , आम नागरिकले गर्नुपर्ने कामका बारेमा प्रकाश पार्नुभएको थियो ।

अस्पताल संचालक , चिकित्सक , नर्स मात्र होइन अन्य सहयोगीहरुलाई अस्पतालमा बेडका लागि पहल गरिदिन आग्रह गरी संपर्क गर्नेहरुको संख्या पनि दिनदिनै बढिरहेको छ । अस्पतालमा बेड नभएर अस्पतालका गल्लीमा राखेर पनि कोरोना सक्रमित नागरिकलाई जिल्लाका अस्पतालमा मात्र होइन राजधानीका अस्पतालमा पनि उपचार भैरहेको छ ।

एउटै स्वास्थ्य संस्थामा दैनिक ५० , ६० जना भन्दा बढी कोरोना संक्रमित नागरिकलाई जसरी पनि बेड मिलाईदिन भनी आग्रह गर्दै फोन आउंने गरेको जानकारी पाप्त भएको छ ।

प्रतिक्रिया