आइतबार, असार ६ २०७८
काठमाडौं ०७:१०
वासिङटन डिसी 21:25

भर्जिनियाको वुडब्रिजमा चक्कु देखाई यौन आक्रमण गर्ने संदिग्धको व्यापक खोजी

इनेप्लिज २०७८ वैशाख २५ गते १:०६ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको वुडब्रिज शहरमा चक्कु देखाई यौन आक्रमण गर्ने संदिग्धको व्यापक खोजी भै रहेको प्रिन्स विलियम काउन्टी प्रहरी विभागले जनाएको छ । गत बुधबार राती चक्कु देखाई बलपूर्वक महिलालाई एक वृक्ष युक्त स्थानमा लागि यौन आक्रमण गरेकोले प्रहरीले अनुसन्धान गरि रहेको फक्सन्युज५ ले समाचार प्रकाशित गरेको छ ।

प्रहरीका अनुसार उक्त पीडित महिला वुडब्रिज शहरको गोलान्स्की बलुभर्ड तथा नोबल पोण्ड वे नामक मार्गमा बसि रहेको अवस्थामा उक्त संदिग्ध व्यक्ति पछाडीबाट आई आफूसंग चक्कु भएको बताएका थिए ।

यौन आक्रमण गरि सके पछि उक्त संदिग्ध त्यहाँबाट भागेका थिए । उक्त घटना राती १० बजे पछि भएको थियो ।

पीडितले घटना पछि एक व्यवसायमा गएर अपराध भएको प्रहरीलाई खबर गरेकी थिइन् ।

उक्त संदिग्ध व्यक्तिको उमेर ३० या ४० वर्षको अनुमान गरिएको छ भने उनि स्वेत व्यक्ति भएको बताइएको छ । उनको उचाई ६ फिट र उनले आफ्नो अनुहार र टाउको सम्म छोप्ने कालो लुगा(हुडेडस्विटशर्ट)र गाडा रंगको जिन्स लगाएका थिए ।

प्रतिक्रिया