आइतबार, असार ६ २०७८
काठमाडौं ०६:५९
वासिङटन डिसी 21:14

एनआरएनए अमेरिकाका हेल्प डेक्सका संयोजक पोखरेलले सामाजिक कामलाई निरन्तरता दिने प्रण गर्दै सचिव पदमा दिए उम्मेदवारी

इनेप्लिज २०७८ वैशाख २४ गते २३:३५ मा प्रकाशित

एनआरएनए अमेरिकाका हेल्प डेक्सका संयोजक नारायण प्रसाद पोखरेलले सामाजिक कामलाई निरन्तरता दिने प्रण गर्दै सचिव पदमा उम्मेदवारी दिएका छन ।

आगामी मे २९-३० तारिखमा हुने निर्वाचनका लागि पोखरेलले सचिव पदमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

सन् २००८ मा क्यालिफोर्निया आई पुगेका पोखरेल अमेरिकामा रहेर सामाजिक कार्यमा सक्रिय बुटवल सेमलारमा हुर्के बढेका सक्रिय युवा हुन् ।

पोखरेल बिधार्थी जीवन देखि नै बिभिन्न सामाजिक संस्थामा उनको संलग्नता रहेको छ । प्रजातन्त्रमा विश्वास राख्ने उनि कलेज जीवनमा हुदै जन-आन्दोलन २०४६ मा सहभागी हुने मौका पाए ।

बुटवलबाट उच्च शिक्षा हासिल गर्न काठमाडौँ आएका उनि अध्ययन पछि औषधि तथा मेडिकल सामग्री उत्पादन तथा वितरण गर्ने विभिन्न अन्तर्राष्ट्रिय कम्पनिहरुमा एक दशक भन्दा ज्यादा बिताए ।

अमेरिका आए पछि एसोसिएसन अफ नर्दन क्यालिफोर्निया(न्यास) तथा नेपाली जन सम्पर्क समिति नर्दन क्यालिफोर्निया संग आबद्ध हुन् पुगे ।

उनि झन्डै ६ बर्ष अगाडी देखि एनआरएन आन्दोलनमा सक्रियता देखाउदै आएका छन् ।

हाल उनि एनआरएनए अमेरिकाका हेल्प डेक्सका संयोजकको भूमिका निर्वाह गरि रहेका छन् ।

उनले सबै दाजुभाई दिदीबहिनी तथा सम्पूर्ण मतदातालाई आफूलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया