आइतबार, असार ६ २०७८
काठमाडौं ०७:११
वासिङटन डिसी 21:26

टेक्ससमा अर्ध मालबाहक सवारी साधन भित्र छापा मार्दा २९ जना बरामद

इनेप्लिज २०७८ वैशाख २४ गते २०:०४ मा प्रकाशित

टेक्सस राज्यको सन एन्टोनियोमा प्रहरीले छापा मार्दा अर्ध मालबाहक सवारी साधन भित्र २९ जना फेला पारेका छन् । टेक्ससका एक प्रहरी अधिकारीका अनुसार सन एन्टोनियो नजिकै रोकिएको अर्ध भारवाहक गाडीबाट २९ जनाको उद्धार गरिएको छ भने जसमा एकजनालाई अस्पताल लगिएको छ ।

सन एण्टोनियोको पूर्वमा पर्ने अन्तर राज्य (इन्टरस्टेट ) राजमार्ग १० मा एक संदिग्ध सेमिट्रेलर(अर्ध माल वाहक गाडी )देखिएकोले प्रहरीलाई खबर गरिएको थियो।

गत बिहीबार प्रहरीलाई बोलाए पछि सन एण्टोनियो प्रहरीले उक्त गाडीलाई रोकेको थियो ।

प्रहरी अधिकारी गाडी नजिक आउँदा पछाडिको ढोका खुला भए पछि धेरै मानिसहरु त्यहाँबाट बाहिर भागेका थिए । अधिकारीहरूले उनीहरुलाई पछि सम्पर्कलाई ल्याएको पत्रकार सम्मेलनमा बताइएको एबिसीन्यूजले समाचार लेखेको छ ।एक जना निर्जलित (डि-हाईड्रेसन)भएको कारण उपचारका लागि अस्पताल लगिएको थियो ।

सम्भावित मानव तस्करीको लागि रोकिएको उक्त सवारी साधनको अनुसन्धान भइरहेको अमेरिकी अध्यागमन र भन्सार प्रवर्तनले एक विज्ञप्ति मार्फत जानकारी गराएका छन् । उक्त सवारी साधनका ४९ बर्षिय चालकलाई हिरासतमा राखिएको छ ।

प्रतिक्रिया