आइतबार, असार ६ २०७८
काठमाडौं ०५:२४
वासिङटन डिसी 19:39

बागमती प्रदेशमा हुने राष्ट्रिय सभाको उप निर्वाचनमा गृहमन्त्री राम बहादुर थापा बादलको हार निश्चित

अधिवक्ता राजेश काफ्ले २०७८ वैशाख २४ गते १९:११ मा प्रकाशित

नेपालको अहिलेको राजनीति हेर्दा देश र जनता प्रति कुनै पनि दल र तिनका नेताहरूले खासै चिन्ता गरेको देखिदैन । जे जसरी हुन्छ पद र सत्तामा कसरी टिक्ने भन्नेमा नै सवै दल र तिनका नेता तथा कार्यकर्ताहरू दौड धुपमा लागेको देखिन्छ ।

प्रधान मन्त्री केपी शर्मा ओली र निजको दल एमालेको एक मात्र प्रमुख उदेश्य भनेको जाल,झेल,षड्यन्त्र,कानूनी दाउपेच लगाई जे जसरी हुन्छ सत्तामा वस्ने र जनताले तिरेको करमा हनिमुन मनाउने वाहेक देश र जनता प्रति गहन रुपमा जिम्मेवार भै कुनै काम गरेको देखिदैन । कोरोनाले जनता उपचार नपाएर हरेका दिन मरेका छन तर सरकार लाश गन्ने वाहेक कुनै पनि स्वास्थ्य उपचारको सामान्य रणनितिक योजना बनाई तत्काल कार्यन्वयन सम्म पनि गर्दैन । सरकारको दैनिक कार्य योजना भनेको शितल निवास, सिंहदरवार, बालुवाटार, पार्टी कार्यालयमा जम्मा हुने र सत्तामा के कसरी टिक्ने भन्ने वाहेक अरु केही देखिदैन । कोरोनाको यो महामारीमा हरेका दिन जनता मरि रहदा पनि आफ्नो मृत्यु नेदेख्ने हाम्रा नेताहरू पद र सत्ताको लोभमा अन्धा भएको देख्दा अचम्म लाग्छ ।

कुरा गरौं देशको गृहमन्त्री रामबहादुर थापा बादलको, जो अहिले कोरोनाको महामारीमा जनताको ज्यान वचाउन लाग्नु पर्नेमा सवै काम छोडी आफ्नो पद जोगाउन चुनाबमा उम्मेद्वारी दिनु भएको छ । नेपालको संविधान अनुसार बागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रिय सभाकोे उप निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका उम्‍मेद्‍वार हुन् भने खिमलाल देवकोटा नेकपा एमालेकै माधव कुमार नेपाल समूहका उम्मेदवार हुन् । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थन रहेको छ ।

नेपालको संविधान अनुसार हुने उक्त निर्वाचनमा विभिन्न पार्टीका निर्वाचित प्रतिनिधी मतदाताहरुको संख्या हेर्दा गृहमन्त्री रामबहादुर थापा बादलको हार निश्चित छ । किनभने बागमती प्रदेशमा १३ जिल्लामा ११० प्रदेश सभा सदस्य छन् । ११९ स्थानीय तहका प्रमुख र उप प्रमुख गरी २३८ जना छन् । प्रदेश सभा, स्थानीय तहका प्रमुख र उप प्रमुख गरी ३४८ मतदाता छन् ।

नेपालको संविधान अनुसार प्रदेश सभाका एक जना सदस्यको ४८ मतभार गणना हुन्छ । जस अन्तर्गत प्रदेश सभा सदस्यमा एमाले ओली समूहका ३५ सदस्य छन् भने नेपाल समूहबाट २२ सदस्य छन् । प्रदेश सभामा ओली समूहको १ हजार ६ सय ८० मतभार हुनेछ भने नेपाल समूहको १ हजार ५६ मत भार हुन्छ । नेकपा माओवादी केन्द्रको २३ प्रदेश सभा सदस्य छन् । माओवादीको १ हजार १ सय ४ मतभार हुनेछ । त्यस्तै नेपाली कांग्रेसको २२ प्रदेश सभा सदस्य छन् । कांग्रेसको १ हजार ५६ मत भार हुन्छ । त्यस्तै विवेकशील साझा पार्टीका ३ प्रदेश सभा सदस्य छन् जसको मतभार १ सय ४४ हुनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २२ प्रदेश सभा सदस्य छन् जसको मत भार ९६ र ९६ हुनेछ । त्यस्तै जनता समाजवादी पार्टीबाट निर्वाचित १ प्रदेशसभा सदस्य छन् जसको मतभार ४८ छ । कांग्रेस, माओवादी र नेपाल समूहको गठबन्धन भएकोले प्रदेश सभामा देवकोटाको ३ हजार २ सय २४ मत रहेको छ । त्यस्तै बादलको १ हजार ६ सय ८० मतभार हुनेछ ।

त्यस्तै स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ । स्थानीय तहमा ओली समूहको ८५ प्रमुखरउप्रमुख छन् । जसको मतभार १ हजार ५ सय ३० छ । नेपाल समूह ३८ प्रमुख र उप प्रमुख छन् । जसको मतभार ६ सय ८४ हुनेछ । स्थानीय तहमा एमालेका १० प्रतिनिधि तटस्थ छन् । यो मतको खासै भूमिका देखिदैन ।

कांग्रेसको ६७ प्रमुख र उप प्रमुख छन् । जसको मतभार १ हजार २ सय ६ मतभार हुनेछ । माओवादीको ३३ प्रमुख र उप प्रमुख छन् । जसको मतभार ५ सय ९४ हुनेछ । त्यस्तै राप्रपा र नेमकिपा २र२ प्रमुख र उप् प्रमुख छन् । जसको मतभार ३६ र ३६ हुनेछ । त्यस्तै जसपाका १ छन् जसको मतभार १८ हुनेछ ।स्थानीय तहमा ओली समूहको मतभार १ हजार ५ सय ३० छ । त्यस्तै कांग्रेस, माओवादी र नेपाल समूहको गठबन्धनको २ हजार ५ सय ७४ मतभार हुनेछ ।

ओली समूहका उम्‍मेद्‍वार बादलको प्रदेश सभामा १ हजार ६ सय ८० र स्थानीय तहमा १ हजार ५ सय ३० गरी जम्मा ३ हजार २ सय १० मतभार हुनेछ । त्यस्तै कांग्रेस, माओवादी र नेपाल समूहको गठबन्धन उम्‍मेद्‍वार देवकोटाको प्रदेश सभामा ३ हजार २ सय २४ र स्थानीय तहमा २ हजार ५ सय ७४ मतभार गरी जम्मा ५ हजार ७ सय ९८ मतभार रहेको छ ।

उपरोक्त बमोजिम मतदाताको संख्या हेर्दा बागमती प्रदेशमा हुने राष्ट्रिय सभाको उप निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादलको हार निश्चित देखिन्छ ।

आफ्नो पार्टी त्याग गरी एमालेमा प्रवेश गर्नु तथा आफ्नो निर्वाचनमा हार निश्चित हुंदा पनि चुनाबमा जानु भनेको पद र सत्ताको लोभ वाहेक वादलमा अरु केही देखिँदैन ।

नेपालीमा एउटा उखान छ भिरबाट हामफाल्ने गोरुलाई राम राम भन्न सकिन्छ कांध थाप्न सकिदैन । पुष्पकमल दाहाल प्रचन्डको मनमा वादल प्रति यस्तै उखान सम्झी रहेका होलान् र अन्तमा यो समयको खेल पनि हो ।

प्रतिक्रिया