आइतबार, असार ६ २०७८
काठमाडौं ०६:३३
वासिङटन डिसी 20:48

डिसीमा १४ बर्षिय किशोरको छुरा प्रहारबाट ४६ बर्षिय व्यक्तिको मृत्यु भए पछि पक्राउ

इनेप्लिज २०७८ वैशाख २४ गते १२:११ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा १४ बर्षिय किशोरको छुरा प्रहारबाट ४६ बर्षिय व्यक्तिको मृत्यु भए पछि उनलाई पक्राउ गरिएको छ ।

उक्त किशोर डिसी कै हुन् भने मृतक पनि वाशिंगटन डिसी कै दक्षिणपूर्वका निवासी हुन् ।

उनलाई गत बिहिबार मे ६ क दिन छुरा प्रहार गरि हत्या गरेको आरोप लगाईएको छ । उक्त किशोरको पहिचान भएको र उनलाई दोश्रो श्रेणीको हत्याको अभियोग सहित उनलाई सशस्त्र फेला परेका थिए ।

प्रहरीका अनुसार उक्त घटना गत मे २ आइतबारका दिन राती करिव ९ बजे भएको थियो ।

उक्त किशोरले छुरा प्रहार डिसी कै लरेन्स ई बुनि प्राथमिक पाठशाला नजिक २२०० भवन समूहमा गरेका थिए ।

छुरा प्रहारको खबर पाए पछि प्रहरीहरु त्यहा पुग्दा ४६ बर्षिय लुइस चिभ्स नामक व्यक्ति कैयौ पटक छुरा लागेको घाइते अवस्थामा प्रहरीले फेला पारेका थिए । उनलाई अस्पताल लागिएको थियो भने उनको त्यहा निधन भएको समाचार डब्लुटिओपि डटकमले लेखेको छ ।

प्रतिक्रिया