अफ्रिकन मुलुक मालिकी एक महिलाले एकै पटक ९ वटा बच्चा जन्माउदै बनाइन नयाँ बिश्व किर्तिमान

इनेप्लिज २०७८ वैशाख २३ गते २२:४६ मा प्रकाशित

मालिकी एक महिलाले एकै पटक ९ वटा बच्चा जन्माउदै बनाइन नयाँ बिश्व किर्तिमान बनाएकी छिन । उनि पश्चिम अफ्रीका देशकी भएता पनि उनले सन्तान चै उत्तर अफ्रीकामा जन्माएकी हुन् ।

मालीको स्वास्थ्य मन्त्रिका अनुसार ७ वटा सम्म बच्चा हुने अपेक्षा गरिएता पनि ९ वटा सकुसल जन्माएकी छिन । यसरी जीवितै ९ वटा बच्चा जन्मेको पहिलो र नयाँ बिश्व कृतिमान भएको छ ।

मालीको स्वास्थ्य मन्त्रीका अनुसार ५ जना छोरी र ४ जना छोरा भएका छन् भने सबैको स्वास्थ्य राम्रो भएको एक वक्तव्यमा जनाएका छन । २५ बर्षिय आमा हलिमा सिसेको शल्य क्रियाबाट बच्चा निकाल्नु परेको थियो । उनको लागि गत मंगलबार मालीले विशेष हेरचाह टोली त्यहाँ पठाएको थियो ।

एसोसिएट प्रेसका सम्बाददाताले गत बुधबार उनकी आमाले कासबलान्सा बोर्जा क्लिनिकमा हात र इन्क्यूबेटर(समय भन्दा अगाडी जन्मेका बच्चाहरु राख्ने यन्त्र ) मा राखिएको देखेका थिए भनि याहु न्युजले समाचार लेखेको छ ।

सिसेले सात बच्चाको आशा गरेकी थिइन् । मालीका चिकित्सकरूले सरकारी आदेशमा उनलाई जन्म दिनको लागि मोरक्को पठाए का थिए । किनभने विश्वको सबैभन्दा गरिब देश मालीका अस्पतालहरू यस असाधारण बहुविध गर्भावस्थाको लागि पर्याप्त हेरचाह गर्न असक्षम छन्।

सिसेले ३० हप्तामा अग्रिम रुपमा समय नपुग्दै जन्म दिईन । र अहिले भारी रक्तस्राव पछि उनको अवस्थामा स्थित रहेको छ । सिसेलाई दुखाई सुरु भए पछि उनको शल्य क्रिया सुरु गरिएको थियो भने बच्चाहरुको वजन ५ सय ग्राम देखि १ किलोग्राम सम्म रहेको छ ।

गिनीज बुक अफ वर्ल्ड रेकर्ड्सले गत बुधबार एपीलाई एक बिधुतिय डाक (ईमेल)मा भनेको छ कि हालको सबैभन्दा बढी एकै चोटी जीवित जन्म भएको हालको रेकर्ड आठ हो, र यसले मोरक्कोको जन्म प्रमाणित गरिरहेको बताएको छ ।

हाल धेरै बच्चा जन्माउने किर्तिमान राख्ने अमेरिकी नाध्या सुलेमान हुन् भने उनले सन् २००९ मा ८ वटा स्वस्थ बच्चाहरूलाई जन्म दिएकी थिइन् ।

प्रतिक्रिया