आइतबार, असार ६ २०७८
काठमाडौं ०६:२७
वासिङटन डिसी 20:42

अमेरिकाको आइडाहोको बिद्यालयमा गोलीवारी चल्दा २ बिधार्थी र एक वयस्क घाइते

इनेप्लिज २०७८ वैशाख २३ गते १९:३८ मा प्रकाशित

अमेरिकाको आइडाहोको रिग्बी शहरको एक बिद्यालयमा गोलीवारी चल्दा २ बिधार्थी र एक वयस्क घाइते भएका छन् । उक्त घटना रिग्बी माध्यमिक बिद्यालयमा भएको हो ।

उक्त घटना पछि संदिग्धलाई हिरासतमा लिइएको जेफर्सन बिद्यालय जिल्ला अधीक्षक चाड मार्टिनले स्थानीय केआइएफआइ संचार माध्यमलाई बताएको सिएनएनले उल्लेख गरेको छ ।

वक्तब्य अनुसार उक्त बिद्यालयका बिधार्थीहरुलाई नजिकैको बिद्यालयमा सारिएको र अभिभावकहरुलाई त्यहाबाट लिएर जानु भनिएको छ ।

हामी अहिले रिग्बी माध्यमिक बिद्यालयको घटनास्थलमा छौं। “यस समय सबै विद्यार्थीहरू सुरक्षित छन् र रिग्बी उच्च माध्यमिक बिद्यालय लगिएको छ,” अग्नि नियन्त्रण विभागले भनेको छ ।

आइडाहोका गभर्नर ब्राड लिटिलले आफूलाई अवस्थाबारे अद्यावधिक भइरहेको र “आजका दुःखद घटनाहरूमा संलग्न व्यक्तिहरू” लाई प्रार्थना गरिरहेको बताएका छन ।

प्रतिक्रिया