आइतबार, असार ६ २०७८
काठमाडौं ०६:२५
वासिङटन डिसी 20:40

एनआरएनए क्यालिफोर्निया शाखाको बोर्डको अफ डाइरेक्टर पदमा हेम बहादुर ठकुल्लाको उम्मेदवारी

इनेप्लिज २०७८ वैशाख २३ गते १९:०० मा प्रकाशित

एनआरएनए अमेरिकाको क्यालिफोर्निया शाखाको बोर्डको अफ डाइरेक्टर (सदस्य )पदमा हेम बहादुर ठकुल्लाले उम्मेदवारीको घोषणा गरेका छन् । उनले देश र प्रवासमा गैर आवासीय नेपाली संघले खेलेको भूमिका अविस्मरणीय रहेको भन्दै क्यालिफोर्निया शाखा मार्फत देश-विदेशमा रहेका हरेक नेपालीहरूको अपनत्व हुने गरि काम गर्ने बताएका छन ।

ठकुल्लाले आफ्नो कार्यकालमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको क्यालिफोर्निया शाखालाई झनै उच्च स्तरमा पुऱ्याउन क्यालिफोर्निया राज्यमा नेपाली बसोबास गर्ने स्थान सम्म पुगेर एनआरएनएको बारे एडभोकेसी गर्ने र क्यालिफोरनियामा एनआरएनए सदस्य वृद्धिमा लागी पर्ने भन्दै अब छिट्टै हुने चुनावमा बोर्ड अफडाईरेक्टर(सदस्य)पदमा विजयी गराउन आग्रह गरेका छन् ।

सुदुर पश्चिम प्रदेशको बान्नीगढी जयगढ गाँउपालिका तिमिल्सेन गाँउ अछाममा जन्मेका हेम बहादुर ठकुल्ला अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आई रहेका छन्

भारतको मुम्बई स्थित रुइया कलेजमा बीएस्सीको अध्ययन गरि त्यहा संयुक्त नेपाली संघ र प्रवासी नेपाली विद्यार्थी संघमा आवद्ध भई प्रवासी नेपालीहरुका लागि काम गरि ठकुल्लाले स्नाकोत्तर भने त्रिभुवन विश्वविद्यालयबाट गरेका छन् ।

टीयुमा रहुन्जेल नेवि संघमा रहेर विद्यार्थी आन्दोलन समेत गरेका हेम बहादुरको लामो समयदेखि थुप्रै औषधी निर्माता कम्पनीमा काम गरेको अनुभव छ । पिइएएन (PEAN )फर्मास्युटिकल एक्जीक्युटिभ एसोसिएसन अफ नेपाल )को समेत कुसल नेतृत्व गरि सकेका छन् ।

अमेरिकामा एक प्रसिद्ध बहुराष्ट्रिय हर्बल सप्लिमेन्ट कम्पनीमा विगत ५ बर्ष दैखी कार्यरत ठकुल्लाले समाज र गाँउ समाजका लागि गरेको कामका कारण उनि आफनो गृह क्षेत्रको लागी चर्चित अनुहार पनि हुन ।

उनले त्यस भेकमा बसोबास गर्ने सबै मतदाता तथा नेपाली दाजुभाई दिदीबहिनीहरुमा बोर्डको अफ डाइरेक्टर पदमा सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया