आइतबार, असार ६ २०७८
काठमाडौं ०६:४८
वासिङटन डिसी 21:03

एनआरएनए  टेक्सस चाप्टेरको वोर्ड अफ़ मेम्बरमा छबिलाल हुमागाईले दिए उमेद्वारी

इनेप्लिज २०७८ वैशाख २३ गते १५:४८ मा प्रकाशित

 

एनआरएन टेक्ससको  बोर्ड एफ मेम्बरमा समाज सेवी छबिलाल हुमागाईले  उमेद्वारी दिएका छन । हुमागाई क्रमस नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको (एनसिएससि) संस्थापक सदस्य, नेपाली समाज टेक्ससको आजीवन सदस्य र  झापाली समाज अमेरिकाको आजीबन सदस्य भई सेवा गर्दे आएका छन् ।

हुमागाई हाल एनआरएनए को आजीबन सदस्य रही टेक्ससको चाप्टरमा बोर्ड अफ मेम्बरमा आफ्नो उम्मेदवारी दिएका छन्। निर्वाचन कमिटिले निकालेको उम्मेद्वार सूचीमा टेक्सस चाप्टेरको बोर्ड अफ मेम्बरमा छबिलाल हुमागाई सहित अरु सात जनाको उम्मेद्वारी परेको छ ।

छबिलाल हुमागाईले विज्ञप्ति समेत निकालेका छन –

पूर्ण पाठ जस्ताको त्यस्तै :

टेक्ससबासी समस्त आमा बुबा, दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक नमस्कार !

निष्पक्ष रुपमा सेवा गर्न मैले मेरो उम्मेद्वारी बोर्ड मेम्बर टेक्सस च्याप्टरमा दिएको छु र सेवा गर्ने संकल्प लिएको छु । र ,हजुरहरुको सदभाव, माया ,सहयोग र अमूल्य मतदानको अपेक्षा राखेको छु ।

अन्तमा, मेरो बोर्ड अफ मेम्बर ,टेक्सस च्याप्टरको लागि दिएको उम्मेद्वारीलाई सकारात्मक रुपमा लिई टेक्ससबासी आम गैर आवासीय नेपाली, अग्रज व्यक्तित्वहरु, एनआरएनए अभियन्ताहरु, टेक्ससमा सक्रिय सामाजिक संघ संस्थाका सामाजिक अभियन्ताहरु सबैवाट आवश्यक सहयोग रहनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु ।

धन्यवाद ।

भवदीय,
छबिलाल हुमागाई
Board of Member, Texas Chapter.
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका, टेक्सस राज्य च्याप्टर समिति
वर्ष २०२१ देखि २०२३ को कार्यकाल

प्रतिक्रिया