आइतबार, असार ६ २०७८
काठमाडौं ०७:२१
वासिङटन डिसी 21:36

युएनए सम्मेलनमा नृत्य,गीत,वादविवाद तथा प्रतिभा प्रतियोगिताको आयोजना हुँदै

इनेप्लिज २०७८ वैशाख २३ गते १५:०६ मा प्रकाशित

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को पाँचौ सम्मेलनमा बिगत बर्ष झैँ यस बर्ष पनि नृत्य,गायन /गीत,वादविवाद तथा प्रतिभा प्रतियोगिता हुने भएकोले त्यसको तयारी भै रहेको बिना खड्का लामाले जानकारी दिएकी छिन ।

उनले यस्ता कार्यक्रम लगायत र अन्तिम समापन समारोहलाई पनि जिम्मेबारी लिई रहेको बताएकी छिन भने समूहले अहोरात्र काम गरि रहेको उनले जनाइन । तर खेलकुद प्रतियोगिता बाहेक अन्य कार्यक्रमहरु भर्चुअल(परोक्ष)रुपमा जुम माध्यमबाट हुनेछ । नृत्य,गायन /गीत,वादविवाद तथा प्रतिभा प्रतियोगिताहरु जुम मार्फत हुनेछन ।

युएनए सम्मेलन आगामी मे २२ -२३ तारिख दुई दिन हुनेछ । खेलाडीहरुलाई पुरस्कार वितरण कार्यक्रम भने भर्जिनियाको वेस्टफिल्ड मेरिएट वाशिंगटन डलस होटल(अतिथि गगृह)मा तय गरिएको छ । उक्त कार्यक्रममा केवल खेलाडीहरु मात्र उपस्थित हुनेछन् ।

बिनाखडका लामाले जानकारी गराए अनुसार मे २२ अर्थात् पहिलो दिन ११ बजे पूर्वीय समय अनुसार नृत्य प्रतियोगिता हुने छन् भने त्यस पछि ४ बजे गायन/ सांगीतिक कार्यक्रम हुने छ । त्यसैगरी मे २३ का दिन ११ बजे बिहान (पूर्वीय समय) मा वादविवाद प्रतियोगिता हुने छ भने मे २३ कै दिन दिउसो ४ बजे प्रतिभा प्रतियोगिता साथै भेषभुषा प्रदर्शन(फेसन सो)को आयोजना गरिने छ ।

नृत्य/संगीत र गायनका लागि ५ देखि १० बर्ष र ११ देखि १७ बर्ष उमेरकाले भाग लिन पाउने छन् । अंगेजी,नेपाली र अन्य जातजातिका भाषामा नृत्य ,गायन र संगीत प्रस्तुत गर्न सक्ने छन् । जुमबाट प्रत्यक्ष प्रसारण हुने छ भने समय ५ मिनेट दिईने छ भने एक चरणमात्रको हुनेछ ।

त्यस्तै गरि वादविवाद प्रतियोगिताको लागि ६- ८ बर्ष एक समूह र ९-१२ बर्ष उमेरका एक समूहमा विभाजित हुनेछन । समय ३-४ मिनेट दिइने छ भने कार्यक्रम मे २३ अर्थात् दोश्रो दिन हुनेछ । यसै गरी बालबालिकाको भेषभुषा प्रस्तुति ५-१७ बर्षकाले सहभागी हुन् पाउने छन् । पोसाक नेपाली संस्कृति साथै अन्तरराष्ट्रिय झल्किने लगाउन पाउने छन् ।

मे २३ मा हुने प्रतिभा प्रतियोगितामा ५-१२ सम्म का बालबालिकाहरु हुने छन् । गीत,संगीत र नृत्य बाहेक अन्य प्रतिभा प्रस्तुत गर्नु पर्ने छ । समय केवल २ मिनेट मात्र दिइने छ । युएनएले सदैव सम्मेलन मेमोरियल डे (स्मारक दिवस ) को सप्ताहको सेरोफेरोमा गर्दै आएता पनि गत बर्ष २०२० मा कोरोना महामारीको कारण सम्मेलन रद्ध गरेको थियो ।

चन्द्र लामा सम्मेलनका संयोजक हुन् भने सन्तोष बिडारी सह संयोजक हुन् । समापन समारोह तथा पुरस्कार वितरण समारोह साँझ ६ बजे देखि प्रारम्भ हुनेछ । यसै गरि मे २२ अर्थात् सम्मेलनको पहिलो दिन साँझ ८ बजे महिला सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने छ । उक्त कार्यक्रमको संयोजन सुनिता खत्रीले गर्नु भएको छ भने उहाले कार्यक्रम संचालन गर्नु हुनेछ ।

प्रतिक्रिया