आइतबार, असार ६ २०७८
काठमाडौं ०६:३७
वासिङटन डिसी 20:52

मोडर्नाको कोभिड-१९ बिरुद्ध खोप १२ -१७ वर्षका बच्चाहरुलाई ९६ प्रतिसत प्रभावकारी भएको घोषणा

इनेप्लिज २०७८ वैशाख २३ गते १४:०३ मा प्रकाशित

मोडर्नाको कोभिड-१९ बिरुद्ध खोप १२ -१७ वर्षका बच्चाहरुलाई ९६ प्रतिसत प्रभावकारी भएको घोषणा गरेको छ ।

बिहिबार उक्त घोषणा गर्दै थप थप अध्ययनहरूले १२ देखि १७ बर्षका बच्चाहरुलाई ९६ प्रतिसत प्रभावकारी भएको उल्लेख गरेको छ । प्रतिष्ठानले आफ्नो पहिलो त्रैमासिक आर्थिक प्रतिवेदन (रिपोर्ट)को निष्कर्षलाई टिप्पणी गर्दै किशोरहरूले खोप प्राप्त गरे पछि कुनै गम्भीर साइड इफेक्ट्स (दुष्प्रभाव )अनुभव गरेनन भनि उल्लेख गरेको छ ।

साथै वयस्कहरुलाई खोप लगाई सके पछि सामान्य दुखाई हुने जस्ता मात्र साधारण गौण प्रभाव(साइड इफेक्ट ) रहेको जनाएको छ । किशोरलाई कम्तिमा एक खुराक लगाउदा पनि ९६ प्रतिसत प्रभावकारी भएको बताएको युपिआई डटकमले समाचार प्रकाशित गरेको छ ।

मोडर्नाको कोभिड-१९ बिरुद्ध खोप दुई पटक लगाउनु पर्छ । तर चार हप्तामा दोश्रो खोप दिनु पर्छ । सन् २०१० मा स्थापित ओखती निर्माण गर्ने प्रतिष्ठानले प्रथम त्रैमासिकको आर्थिक आम्दानी १.९७ अर्ब डलर कमाउदै इतिहास रचेको बताएको छ ।

“पहिलो त्रैमासिकमा मोडेर्ना टोलीले अमेरिकी सरकारलाई आफ्नो धेरै आपूर्ति गर्ने प्रतिबद्धता जनाएको थियो भने १० करोड भन्दा बढी मानिसहरूलाई जोगाएको थियो,” मोडर्नाका प्रमुख कार्यकारी अधिकारी (सीईओ)स्टेफेन बान्सेलले एक विज्ञप्तिमा भने।

प्रतिक्रिया