आइतबार, असार ६ २०७८
काठमाडौं ०७:०८
वासिङटन डिसी 21:23

मेरिल्याण्डमा छिँडीमा मानिस भएको बेलामा घरमा आगो सल्काई आनन्दसँग कुर्सीमा बसेर तमासा हेर्ने महिला पक्राउ

इनेप्लिज २०७८ वैशाख २३ गते १२:५५ मा प्रकाशित

मेरिल्याण्डमा बेसमेन्ट (छिँडी)मा मानिस भएको बेलामा घरमा आगो सल्काई आनन्दसँग कुर्सीमा बसेर तमासा हेर्ने महिलालाई पक्राउ गरिएको छ । घरमा दनदनी आगो लागि रहेको समयमा मज्जाले आरामदायी कुर्सीमा टुलटुली हेरी रहेकोले उनलाई अभियोग समेत लगाइएको छ ।

उनलाई हत्याको प्रयास,घर आगजनी ,आक्रमण साथै बेसमेन्ट(छिडी )मा एक मानिसलाई फन्दामा पारेको आरोप लगाईएको छ ।

डिसी क्षेत्रबाट संचालित एनबिसी न्युजका अनुसार उक्त व्यक्ति त्यहाबाट भाग्न सफल भएको उल्लेख गरेको छ । मेरिल्याण्ड राज्यका अग्नि नियन्त्रण उच्च अधिकारीले बताए अनुसार गत अप्रिल २९ का दिन प्रत्यक्षदर्शीले ४७ बर्षिय गेल जे मेटवली नामक महिला आफ्नै घरमा पटक पटक आगो लगाएको देखेको जनाएका थिए ।

आफ्नो घर आगो लगाए पछि त्यही बाहिर चउरमा बसी अवलोकन गरेको आरोप उनि बिरुद्ध लागेको छ । उनलाई केही समय पछि मेरिल्याण्डको एल्कटन नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएका छन् ।

उनलाई प्रथम र द्वितीय श्रेणीको हत्याको प्रयास,प्रथम श्रेणीको आगजनी,प्रथम श्रेणीको आक्रमण र अन्य गणनाका अभियोग लगाईएको अग्नी नियन्त्रण उच्च अधिकारी(मार्शल)ले एक बिज्ञप्तिमा जनाएका छन् ।

प्रतिक्रिया