आइतबार, असार ६ २०७८
काठमाडौं ०७:०२
वासिङटन डिसी 21:17

मेरिल्याण्डमा खेली रहेका किशोरलाई कैयो पटक गोली प्रहार

इनेप्लिज २०७८ वैशाख २३ गते ११:४० मा प्रकाशित

मेरिल्याण्ड राज्यको क्यापिटल हाइट नामक स्थानमा खेली रहेका एक किशोरलाई कैयो पटक गोली प्रहार गरिएको छ ।

किशोरलाई गम्भीर चोटपटक लागेको छ भने हाल उनि अस्पतालमा भर्ना भएका छन् । तर उनको जीवन खतरामुक्त रहेको छ । केही किशोर किशोरीहरु गत बुधबार मे ५ का दिन क्यापिटल हाइट्स नजिकै खेलिरहेका अवस्था उनलाई गोली हानिएको थियो ।

घटना पछि प्रिन्स जर्जको काउन्टी प्रहरीलाई ४:२० मा सिन्डी लेन(मार्ग )मा भएको गोलीबारीको खबर गरिएको थियो । प्रत्यक्षदर्शीले न्युज४फोर लाई गोलीहरू सिन्डी मार्ग माथि र तल उडेको बताएका थिए। अर्का एक प्रत्यक्षदर्शीले पाँच मिनेट बन्दुकको गोली चलेको बताएका थिए ।

गोलाबारी हुनु भन्दा अगाडी मानिसहरू हावाको आनन्द लिइरहेका थिए । बच्चाहरू दुइ चक्र वाहन(साइकल) कुदाई रहेका र ठण्डा बरफ बेच्ने अडान गरि रहेको सवारी साधनमा जम्मा भै रहेका थिए ।

गोलीबारी पछि सडकमा रोकी रहेको ठण्डा बरफ बेच्ने गाडी (ट्रक )भागेको थियो भने एउटा बालक दुई चक्र वाहनमा भाग्दै गर्दा लडेका थिए भनि न्युज४ डटकमले उल्लेख गरेको छ ।

प्रतिक्रिया