विनोदको खुसी फर्कियो, अनिता बिस्तारै हिड्न र बस्न सक्ने भइन ,यस्तो छ पछिल्लो अबस्था (भिडियो हेर्नुस्

इनेप्लिज २०७८ वैशाख २३ गते ९:२४ मा प्रकाशित

अनिता र विनोद कुनै सेलिव्रेटी होइनन् । तर पनि अहिले सामाजिक सञ्जालमा उनीहरुको चर्चा छ । कारण विनोदले पत्नी अनिताका लागि देखाएको माया । अस्पताल ल्याउँदा विनोदले अनिता निको भएर घर फर्कने आश गरेर ल्याएका थिएनन् । जे हुन्छ अस्पतालमै हुन्छ भनेर ल्याएका थिए । तर अहिले उनको खुसी फर्कदै गएको छ । अनिता विस्तारै बोल्न थालेकी छन् । अरुको बोलेको बुझ्न समेत भएकी छन् ।

०७२ सालमा अनिता र विनोद वैवाहिक सम्बन्धमा गाँसिएका थिए । घर गुल्मी भए पनि विनोद अनितासँगै भैरहवामा बस्न थाले । बिहेको दुई वर्षपछि छोरी आहनाको आगमनले उनीहरुको जिन्दगीमा खुशी थपिदिएको थियो । जिन्दगी ठिकैठाक चल्दै थियो। गएको जेठबाट भने सबैकुरा गडबड हुन थाल्यो। बुटवलमा घर बनाउने, छोरीलाई राम्रो स्कुलमा पढाउने, पति–पत्नी दुवैले जागिर गर्ने विनोदको योजनामा पानी पोखियो।

जेठ २९ गते । सदाजस्तै विनोद खड्का काममा व्यस्त थिए । बेलुका ५ बज्नै लाग्दा पत्नी अनिताले खप्नै नसक्नेगरी टाउको दुखेको भन्दै विनोदलाई फोन गरिन् । अनिताको आत्तिएको आवाज सुन्नासाथ विनोद हतारहतार कामबाट घर फर्के ।

घर फर्कंदा अनिता छट प टा इ र हेकी थिइन् । विनोदले भैरहवाको युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्समा पुर्‍याए । चिकित्सकले ब्रेन ह्यामरेज भएको बताए । तत्कालै अनिताको सोही अस्पतालमा अप्रेसन गरियो । अप्रेसनपछि अनितालाई ४ महिना अस्पतालमै राख्नुपर्ने भयो । ४ महिना राखियो पनि तर त्यसपछि पनि अनितालाई पूर्णरुपमा निको भएन ।

लामो समय भ्यान्टिलेटरमा राख्दा श्वासप्रश्वास नलीमा समस्या देखियो।अनिता दुब्लाउँदै जान थालिन्।असामान्य रुपमा तौल घट्दै ४५ किलोकी अनिताको तौज २५ किलोमा झर्‍यो।४ महिनाको अस्पताल बसाइमा विनोदले आफूले जीवनभर कमाएको १८ लाख खर्च गरिसकेका थिए।तर पनि अनितालाई सञ्चो हुन कुनै लक्षण देखिएन।त्यत्रो खर्च गर्दा पनि युनिभर्सल मेडिकल कलेजले उपचार सम्भव नहुने बताएपछि उनीहरुलाई अर्को आ प त आ इ लाग्यो।

आफन्त र चिनजानका मानिसले पनि निरासा जगाइदिने काममात्रै गरे।‘अनितालाई अब निको हुँदैन,थप प्रयास नगर’ भन्नेहरु धेरै थिए ।अनिताको अवस्था झन् बिग्रँदै गयो । उनी अचेतजस्तै बनिन् । अन्ततः विनोदले पनि आफन्तको सल्लाहअनुसार अनितालाई बचाउन सकिने आश गर्न छोडे र गुल्मीमा लगेर बैतरणी कर्म गरे।

अनिताको दुखाइ बढ्दै गयो।निको नभएपनि बाँचुञ्जेल पी डा नहोस् भनेर विनोदले काठमाडौं ल्याए।अनिता झन् झन् कमजोर बन्दै गइरहेकी थिइन्, हातखुट्टा चल्न छोडेका थिए।अनितालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरियो । अस्पतालको उपचारले अनिताको स्वास्थ्यमा सुधार आउने केही आशा जगाइदिएको थियो ।केही समयको उपचारपपछि अनितालाई थेरापीको आवश्यकता पर्‍यो ।उनीहरु काठमाडौं नेचुरोपेथी अस्पताल वसुन्धारा पुगे ।

त्यहाँ पनि पनि विनोद र अनिताले ४ महिना बिताइसकेका छन् । श्वासनलीमा समस्या देखिएपछि विनोदले घाँटीको अप्रेसनको लागि त्रिवि टिचिङ अस्पतालमा लगेका थिए । लामो समयको उपचारपछि अहिले पत्नीको स्वास्थ्यमा आएको परिवर्तन देखेर विनोदको अनुहारमा खुशी देखिन थालेको छ । अनिताले पनि हातखुट्टा चलाउन थालेकी छन् भने भेट्न आउने मान्छेहरुसँग मुसुक्क हाँस्छिन् । अडेस लगाइदिँदा २–४ मिनेट बस्न थालेकी छन् ।

https://www.youtube.com/watch?v=ho_WbVFXUY4

प्रतिक्रिया