एमालेले विश्वासको मत प्राप्त गर्न सबै दलसँगकाे छलफललाई निरन्तरता दिने

इनेप्लिज २०७८ वैशाख २३ गते ९:०९ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले स्थायी कमिटीको बैठकले विश्वासको मत प्राप्त गर्ने गरि अघि बढ्ने निर्णय गरेको छ ।

विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले संसदमा विश्वासको मत प्राप्त गर्नका लागि सबै दलहरु सँग छलफल र परामर्श गर्ने निर्णय गरेको छ ।

बैठकपछि एमाले नेता प्रदीप कुमार ज्ञवालीले संसदमा विश्वासको मत प्राप्त गर्ने गरि अघि बढ्ने निर्णय गरेको जनाएको छ । त्यस्तै स्थायी कमिटी बैठकले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै सत्तारुढ दल नेकपा एमाले सरकार अल्पमतमा परेको छ । सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले यहि २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरिसकेका छन् । विश्वासको मत प्राप्त गर्नका लागि नेकपा एमालेले प्रमुख प्रतिपक्ष दलहरुसँग सम्वाद कायम राखेको छ ।

प्रतिक्रिया