बिहीबार, असार ३ २०७८
काठमाडौं २३:४५
वासिङटन डिसी 14:00

अधुरो जीवन

गोमा न्यौपाने २०७८ वैशाख २३ गते ०:३८ मा प्रकाशित

जताततै हाहाकार मच्यो कहाँ बाँट आयो कोरोना
कोरोनाले त मार्यो मार्यो
आत्माहत्या गरी कोही नमरन

हे मन राम्रा राम्रा कुरा गुन
हे बोलि राम्रो राम्रो बोलि बोल

यी मेरा आखाले सधै राम्रो देख्न पाउन्
मेरा कानले सदा राम्रो सुन्न पाउ

जन्मेपछी मर्नु जरूर पर्छ
दुई दिनको हो यो जीवन छाडि जानै पर्छ

सुन्छु सधै बलत्कार झै-झगडा संसारमा
मुटु गाँठो पर्दै भक्कानु उठि सक्यो छातीमा

छैन कोही कसैको साथी यहाँ
कोरनाले हाकार मच्यो जहा तहाँ

मनुष्य को चोला फूल सरी हो
ओइलाए पछि माटैमा झर्ने हो

म हुँ को?
के कामको लागि आएथें यहाँ ?
यो घर यो संसार होइन मेरो
जानु छ म फेरि कहाँ?

 

प्रतिक्रिया