आइतबार, असार ६ २०७८
काठमाडौं ०६:५६
वासिङटन डिसी 21:11

इटालीका प्रहरीको हत्या गरेको आरोपमा दूई अमेरिकी बिधार्थीलाई आजीवन कैद सजाय

इनेप्लिज २०७८ वैशाख २३ गते ०:०७ मा प्रकाशित

इटालीका प्रहरीको हत्या गरेको आरोपमा दूई अमेरिकी बिधार्थीलाई आजीवन कैद सजाय सुनाइएको छ । उनीहरुलाई लागु औषध पदार्थ कारोवारमा संलग्न भएकोमा इटाली प्रहरी अधिकारीको हत्या गरेको दोषी ठहराइएको छ।

बुधवारको साँझपख रोमको एक निर्णायक समितिले २१ बर्षिय फिनेगन ली एल्डर र २० बर्षिय गेब्रियल नाटाले-जोर्थलाई सन् २०१९ को जुलाईमा प्रहरीका मारियो सरसिल्लो रेगाको हत्याको दोषी ठहर गरेको छ ।

अभियोजक मारिया सबिना क्यालाब्रेटाले मुद्दाको अवस्थालाई ध्यानमा राख्दै दुबैले इटालीको कानून अन्तर्गत अनुमति प्राप्त अधिकतम सजाय पाउनु पर्छ भन्ने तर्क प्रस्तुत गरेका थिए । इटालीको मृत्युदण्ड छैन।

रेगाकी विधवा रोजा मारिया एसिलोले कृतज्ञताका साथ फैसलाको जवाफ दिएकी थिइन् । “हामी न्यायाधीशहरूको जटिल कार्यको लागि मात्र धन्यवाद दिन सक्छौं, हाम्रा प्रतिभाशाली वकिलहरू र मारियोको पक्षमा उभिएका सबैलाई धन्यवाद दिन्छौं किनकि उनीहरू उनलाई चिन्छन्, किनकि ऊ सबैका छोरा थिए, किनकि उनी सबैका क्यारबिनिएर(सैनिक)थिए,” उनले भनिन्।

३५ बर्षिय अधिकारी मारियो सरसिल्लो रेगालाई जुलाई २६ २०१९ बिहान २ बजे आठ पटक छुरा गरिएको थियो । राती रेगाको मृत्यु भएको घोषणा गरिएको थियो ।

१९ बर्षिय एल्डर र १८ बर्षे जोर्थलाई चोरी भएको झोला बरामद गर्न खोज्दा उनीहरुले छुरी प्रहार गरेको आरोप लगाएका थिए । एल्डरले रेगालाई छुरा प्रहारको कुरा कबूल गरेको तर उनले आत्म-बचावको लागि काम गरेको प्रहरीलाई भनेका समाचार सिएनएनमा छ ।

प्रतिक्रिया